भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरूको आज पनि बयान लिइँदै

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरूको आज पनि बयान लिइँदै छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा बयान लिइन लागिएको हो ।

शुक्रबार दुई अभियुक्त केशव दुलाल र सागर राईको बयान लिइएको थियो । बयान सकिएपछि थुनछेक बहस सुरु हुनेछ । थुनछेक बहसपछि अभियुक्तहरूलाई थुनामा राख्ने वा धरौटीमा रिहा गर्ने भन्ने आदेश हुनेछ । २७१ दर्ता नम्बर रहेको सो मुद्दामा ठगी प्रकरणमा मुछिएकाविरुद्ध ठगी, संगठित अपराध तथा राज्यविरुद्धको अपराधका साथै किर्तेमा समेत सजाय माग दाबी गरिएको छ ।

ADVERTISEMENT

सो अभियोगमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वमन्त्री वालकृष्ण खाँण, बहालवाला सचिव टेकनारायण पाण्डे, भुटानी शरणार्थीका नेता टेकनाथ रिजालसहित ३० जना छन् । सो प्रकरणमा मुख्य नाइकेमा पाँच जनालाई प्रस्तुत गर्दै सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको छ ।

बुधबार जिल्ला सरकारी वकील कार्यलय काठमाडौंले यस प्रकरणमा ३० जनाविरुद्ध मुद्दा दायर गरेको थियो । उक्त मुद्दामा प्रतिवादी बनाइएका १७ जना पक्राउ परिसकेका छन् भने १३ जनालाई फरार अभियुक्तका रूपमा मुद्दा दायर गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *