‘उपभोक्ताले कम खर्च गर्दा जर्मनी मन्दीको चपेटामा’

Read Time = 2 mins

बर्लिन । गतवर्ष ऊर्जाको मूल्यमा आएको नकारात्मक परिवर्तनको कारण उपभोक्ताको खर्चमा असर परेपछि जर्मनी मन्दीको चपेटामा परेको सिएनएनले जनाएको छ । सन् २०२२को अन्त्यमा ०.५ प्रतिशतले संकुचन आएको युरोपको सबैभन्दा ठूलो अर्थतन्त्रको उत्पादन यस वर्षको पहिलो तीन महिनामा ०.३ प्रतिशतले घटेको आधिकारिक तथ्यांकले देखाएको छ ।

संघीय तथ्यांक कार्यालयले अघिल्लो त्रैमासिकको तुलनामा कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा शून्य वृद्धिको अघिल्लो अनुमानलाई घटाएको छ । सिएनएनका अनुसार मन्दीलाई लगातार दुई त्रैमासिक घट्दो उत्पादनको रूपमा परिभाषित गरिएको छ । कार्यालयले भनेको छ, ‘उच्च मूल्यवृद्धिको निरन्तरताले वर्षको सुरुमा जर्मन अर्थव्यवस्थामा बोझ परेको छ । यो विशेषगरी परिवारको अन्तिम उपभोग खर्चमा प्रतिबिम्बित भएको छ । सन् २०२३को पहिलो त्रैमासिकमा उपभोग खर्चमा १.२ प्रतिशतले घटेको थियो ।’

ADVERTISEMENT

प्यान्थियन म्याक्रोइकोनोमिक्सका प्रमुख युरो क्षेत्र अर्थशास्त्री क्लज भिस्टेसनले पहिलो त्रैमासिकमा उपभोक्ताले गरेको खर्च ‘ऊर्जाको मूल्यमा आएको झट्का’ले खुम्चिएको बताए । गतवर्षको फेब्रुवरीमा रूसले युक्रेनमाथि गरेको आक्रमणपछि युरोपेली ऊर्जाको मूल्यवृद्धि भएको थियो ।

सिएनएनका अनुसार त्यसपछि मस्कोले युरोपेली देशहरूमा ग्यास आपूर्तिमा अवरोध पु¥यायो, जसले गर्दा जर्मनीले आपत्कालीन अवस्था घोषणा गरेको छ । रासस÷एएनआई ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज