नेपाल प्रेस युनियनको ३२ औं स्थापना दिवसको अवसरमा फलफुल वितरण

सञ्जिवकुमार मिश्र बारा, संवाददाता
सञ्जिवकुमार मिश्र बारा, संवाददाता
Read Time = 3 mins

बारा । नेपाल प्रेस युनियनको ३२ औं स्थापना दिवसको अवसरमा बाराको सदरमुकाम कलैया स्थित प्रादेशिक अस्पतालमा रहेका विरामीहरुलाई फलफल वितरण गरिएको छ ।

नेपाल प्रेस युनियन मधेश प्रदेशका अध्यक्ष सत्यप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा शनिबार ६० जना विरामीहरुलाई फलफूल वितरण गरिएको नेपाल प्रेस युनियन बाराका अध्यक्ष श्यामबाबु गुप्ताले बताउनुभयो ।

हरेक वर्ष झै यस वर्ष पनि नेपाल प्रेस युनियनको स्थापना दिवस धुमधामका साथ मनाइएको उहाँले जानकारी दिनुभयो ।

फलफुल वितरण कार्यक्रमलाई सम्बोधन गर्दै युनियनका मधेश प्रदेश अध्यक्ष श्रेष्ठले नेपाल प्रेस युनियन नेपालको सबैभन्दा पुरानो पत्रकारहरुको संगठन रहेको बताउनुभयो ।

ADVERTISEMENT

नेपाल प्रेस युनियन देशको संवाहकको भूमिका खेल्दै आएको छ, उहाँले भन्नुभयो,‘देशको हरेक गतिविधि एकदम नजिकबाट नियाल्ने र देशको हरेक परिवर्तनमा युनियनले महत्वपूर्ण भूमिका खेल्दै आएको छ । यो संगठन विशुद्ध पत्रकारहरुको संगठन हो । स्थापनाकाल देखि नै आफूले खेल्नु पर्ने भूमिका इमान्दारीपूर्वक खेलेकै कारण नेपालको पत्रकारिता जगतमा युनियनले छुट्टै पहिचान बनाउन सफल भएको छ ।’

युनियनमा रहेका हरेक पत्रकारले निष्पक्ष र निडर भएर पत्रकारित गर्दै आएका छन्, देशको सार्वभौम र अखण्डतालाई सर्वोपरि ठानेर पत्रकार र पत्रकारितालाई जोगाई राख्न युनियनले खेलेको भूमिकाको सर्वत्र सम्मान हुँदै आएकोछ । देशको शिर ठाडो पार्न र सरकारको हरेक गल्तीमा सचेत गराउँदै युनियन अगाडी बढेको उहाँले जानकारी दिनुभयो ।

नेपाल प्रेस युनियन बाराका अध्यक्ष श्यामबाबु यादवको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य गणेश रिजाल, नेपाल पत्रकार महासंघ बारा शाखाका अध्यक्ष रेशम तिवारी, नेपाल प्रेस युनियन बाराका सचिव राजेश कुशवाहा, कोषाध्यक्ष अरुण साह, बरिष्ठ पत्रकार सुजित कुमार अर्याल, नेपाल पत्रकार महासंघ बाराका पूर्व उपाध्यक्ष राकेश पाण्डेय, सिकेन्द्र पासवानलगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?