पाँचसय रुपैयाँले घट्यो सुनको मूल्य

Read Time = 1 min

काठमाडौ । नेपाली बजारमा सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ८ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य शुक्रबार ५०० रुपैयाँले घट्दै १ लाख ८ हजार ३०० रुपैयाँमा झरेको हो ।

यस्तै तेजाबी सुनको मूल्य समेत शुक्रबार तोलामा ५०० रुपैयाँले नै घट्दै १ लाख ७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

ADVERTISEMENT

यता चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्य तोलामा ५ रुपैयाँले घट्दै १ हजार ३४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज