८१ जनालाई ट्रेकिङ गाइड तालिम

Read Time = 2 mins

काठमाडौं । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडिपीद्वारा संयुक्तरूपमा सञ्चालित परियोजना जीविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना (एसटिएलआरपी) को सहयोग तथा नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान (एनएमए) सँगको सहकार्यमा ३५ दिने ट्रेकिङ गाइड तालिम सम्पन्न भएको छ ।

काठमाडौंमा आयोजित तालिममा सातै प्रदेशका ८१ प्रशिक्षार्थीको सहभागिता रहेको थियो । सहभागीलाई सैद्धान्तिक र व्यावहारिक विषयवस्तुको संयोजनसहित टे«किङको सामान्य पर्यटन जानकारी, देशको भूगोल र भूगोल, वातावरण, नेपाली धर्मको इतिहास, अन्तरसांस्कृतिक पर्यटन व्यवहार, पदयात्रा र पर्वतारोहण, पदयात्रामा सुरक्षा र सुरक्षा, जोखिमबारेमा प्रशिक्षण दिइएको थियो ।

ADVERTISEMENT

पर्यटन क्षेत्रमा रहेको जनशक्ति अभाव कम गर्न बोर्डले विभिन्न समयमा गर्दै आएका तालिम निकै फलदायी हुने गरेको बोर्डका कार्यकारी प्रमुख तथा परियोजनाका राष्ट्रिय निर्देशक डा. धनञ्जय रेग्मीले बताउनुभएको छ । बोर्डका निर्देशक तथा परियोजनाका राष्ट्रिय कार्यक्रम संयोजक मणिराज लामिछानेले तालिमलाई व्यावहारिक बनाउन सैद्धान्तिक र व्यावहारिक कक्षा सञ्चालन गरिएकाले तालिम थप प्रभावकारी भएको बताउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज