काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारको लागि फलफूल तथा तरकारी मूल्य तोकेको छ ।
जसअनुसार आज कालीमाटीमा प्रतिकेजी ११ रुपैयाँ ८० पैसादेखि ४६५ रुपैयाँसम्मका तरकारी र फलफूल पाइने भएको छ ।
मूल्यसूचीअनुसार आज सबैभन्दा सस्तो लोकल बन्दा प्रतिकेजी ११ रुपैयाँ ८० पैसा औसम मूल्यमा उपलब्ध हुने भएको छ भने सबैभन्दा महंगो सुकेको खुर्सानी प्रतिकेजी ४६५ रुपैयाँ, किवि र अभाकाडो ४५० रुपैयाँ पर्नेछ ।
उता, ठूलो गोलभेडा, तराई सानो गोलभेडा, लौका, रायोको साग र रुख कटहर प्रतिकेजी ४५ रुपैयाँ, लोकल सानो गोलभेडा, चिचिन्डो, तने बोडी र लाम्चो भन्टा ३५ रुपैयाँमा किनबेच भइरहेको छ भने टनेल गोलभेडा ५० रुपैयाँ, रातो आलु ४१ रुपैयाँ २० पैसा, भारतीय रातो आलु ३१ रुपैयाँ, मुडेको रातो आलु ४१ रुपैयाँ रहेको छ ।
यस्तै, सेतो आलु ३१ रुपैयाँ, भारतीय सुकेको प्याज ३५ रुपैयाँ ५० पैसा, लोकल गाजर, हरियो खुर्सानी र ब्रोकाउली ७५ रुपैयाँ, मकै बोडी र झिगुनी ५६ रुपैयाँ ६७ पैसा, मटरकोशा १९० रुपैयाँ, हाइब्रीड घिउ सिमी, भिण्डी र सजिवन ६५ रुपैयाँ, भटमासकोशा ११६ रुपैयाँ ६७ पैसामा पाइनेछ भने तितो करेला ३६ रुपैयाँ, लोकल परवर ८५ रुपैयाँ, तोफु, पालूगो, चमसूर र मेथीको साग प्रतिकेजी ११६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ १२० रुपैयाँ, डल्ले च्याउ ३०० रुपैयाँ, कुरीलो, अकबरे खुर्सानी, गुन्द्रुक र फुजी स्याउ २७५ रुपैयाँ रहेको छ ।
न्यूरो, रातो बन्दा, जिरीको साग, भेडे खुर्सानी, ग्याठ कोबी ७६ रुपैयाँ ६७ पैसा, सेलरी १४० रुपैयाँ, पार्सले १९० रुपैयाँ, सौफको साग ११५ रुपैयाँ, पुदीना १९० रुपैयाँ, कागती १९० रुपैयाँ, अनार २७० रुपैयाँ, मालदह र दसहरी आँप २१० रुपैयाँ र लोकल लिच्ची १७५ रुपैयाँ तोकिएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts