नवनियुक्त मन्त्री र राज्यमन्त्रीको शपथग्रहण आज

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । नवनियुक्त एक मन्त्री र एक राज्य मन्त्रीको आज शपथ ग्रहण हुँदैछ।

जनता समाजवादी पार्टी नेपाल (जसपा) का वीरेन्द्रप्रसाद महतो वन तथा वातावरणमन्त्रीमा नियुक्त हुनुभएको छ । यस्तै शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा भने प्रमिला कुमारी नियुक्त हुनुभएको छ ।

मन्त्रिपरिषद्को निर्णयअनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले महतोलाई वन तथा वातावरण मन्त्रालयको मन्त्रीमा र प्रमिला कुमारीलाई विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । उहाँहरूको शपथ ग्रहण विहान १० बजे शितल निवासमा गराइने कार्यक्रम रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

ADVERTISEMENT

नेपालको संविधानको धारा ७६ को उपधारा (९०) बमोजिम प्रधानमन्त्रीद्वारा गरिएको सिफारिसको आधारमा मंगलबार राष्ट्रपति पौडेलले उहाँहरूलाई मन्त्री र राज्यमन्त्रीमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

११औं पटकको विस्तारसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको छ। योसँगै पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा २२ मन्त्री र तीन राज्यमन्त्री भएका छन्।

२०७९ पुस १० गते दाहाल प्रधानमन्त्री बनेपछि ११ पटक मन्त्रिपरिषद् विस्तार भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज