त्रिवेणीद्वारा स्वास्थ्य चौकीलाई रेफ्रिजिरेटर

Read Time = 1 min

काठमाडौं । त्रिवेणी व्यापार कम्पनी प्रालिले व्यवसायको सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत ग्रामीण तथा विकट क्षेत्रमा रहेका स्वास्थ्य चौकीमा औषधि भण्डारणमा सहयोग गर्ने उद्देश्यले रेफ्रिजिरेटर वितरण गरेको छ । कम्पनीले दोलखाको विगु गाउँपालिकास्थित लामाबगर, ओराङ, बुलुङ र लादुक स्वास्थ्य चौकीमा एक-एक थान रेफ्रिजिरेटर वितरण गरेको हो ।

ADVERTISEMENT

कम्पनीका आधिकारिक प्रतिनिधि वरिष्ठ प्रबन्धक शिवशंकर नान्जुले विगु गाउँपालिकाका उपाध्यक्ष देविका थामी, सम्बन्धित वडाका वडाध्यक्ष तथा स्थानीय समाजसेवी नवराज केसीको उपस्थितिमा बुलुङ स्वास्थ्य चौकी प्रांगणमा एक कार्यक्रमबीच उक्त सामग्री हस्तान्तरण गर्नुभएको कम्पनीले जनाएको छ । भविष्यमा पनि विकट तथा दुर्गम क्षेत्रका बासिन्दालाई सहयोग जारी राख्ने कम्पनीका प्रबन्ध निर्देशक शैलेश संघाईले बताउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज