युद्धविराम प्रारम्भ भयो तर युद्ध रोकिएन

Read Time = 3 mins

खार्तुम । सुडानमा मानवीय सहायताका कार्यसम्पादन गर्न तथा देश छाडेर सुरक्षित स्थानमा जान चाहनेहरूका लागि अवसर दिने उद्देश्यले लागू गरिएको युद्धविरामको अवधि प्रारम्भ भए पनि युद्ध भने नरोकिएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् । राजधानी खार्तुमका साथै वरपरका क्षेत्रमा हवाई हमला र झडप जारी रहेको उनीहरूले जनाएका छन् । यसअघिका युद्धविराम सम्झौता पूर्णतः कार्यान्वयन नभएकाले मंगलबारदेखि प्रारम्भ हुने युद्धविरामका बेला पनि झडप नहोला भन्नेमा सुडानी विश्वस्त हुन सकेका छैनन् ।

नर्वेली शरणार्थी परिषद्का कार्ल स्केम्बरीले आधिकारिक घोषणालाई युद्धरत पक्षले वेवास्ता गर्दै गोली प्रहार र बमबारीका घटना जारी राखेका तथा त्यसले लाखौं नागरिकको ज्यान जोखिममा पारेको ट्वीटरमा लेख्नुभएको छ । विगतका वाचा पालना नहुँदा मानवीय सहायताकर्मी, बालबालिका र अन्य मारिएका तथा अस्पतालहरू ध्वस्त भएकामा उहाँले दुःख व्यक्त गर्नुभएको छ ।

अप्रिल १५ देखि सुडानका सैन्य प्रमुख अब्देल फताह अलबुरहानको नेतृत्वमा सेना र उहाँका पूर्वसहायक मोहम्मद हमदान डग्लो नेतृत्वको अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ)बीचको युद्धमा एक हजारभन्दा बढीको ज्यान गइसकेको छ भने पाँच हजारभन्दा बढी घाइते भएका छन् । दश लाखभन्दा बढी भाग्न बाध्य भएका छन् ।

ADVERTISEMENT

अस्थिरताको पर्याय बनेको उत्तरपूर्वी यो अफ्रिकी मुलुकमा सन् २०२१ मा लामो समयदेखि शासन सत्ता सञ्चालन गरेका ओमार अल बशीरलाई सत्ताच्युत गरेपछि बुहारन र डगालोबीचको शक्ति संघर्षले लिएको उग्ररूपको परिणाम अहिलेको द्वन्द्वको प्रमुख कारण हो । बुरहान र डगालोबीच आरूएसएफलाई सरकारी सेनामा समाहित गर्ने विषयमा पनि सहमति नहुँदा आपसी मनामालिन्य बढेको छ ।

सुडानामा नागरिक शासन कसरी पुनःस्थपान गर्ने भन्नेमा उत्पन्न मतभेद नै यो भीषण युद्धको कारण बनेको छ । आरएसएफले देशका सम्भ्रान्त वर्गविरुद्ध सीमान्तकृत समूहको प्रतिनिधित्व हुनुपर्ने माग गरेको छ भने आरएसएफका सेनालाई जातीय सफाया गरेको आरोप बुरहान समूहले लगाएको छ । रासस/एएफपी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?