मिठो कुरा गर्ने तर बिर्सिहाल्ने काम नगर्न प्रधानमन्त्रीलाई एमाले महासचिव पोखरेलको सुझाव

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 5 mins

काठमाडौ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल आफैंले गरेका प्रतिवद्धताबाट भाग्ने गरेको आरोप लगाउनु भएको छ ।

प्रधानमन्त्री दाहाललाई जहाँ गएपनि मिठो कुरा गर्ने तर बिर्सिहाल्ने काम नगर्न महासचिव पोखरेलको सुझाव थियो ।

मंगलबारबाट काठमाडौंमा सुरु भएको सामूदायिक वन उपभोक्ता महासंघको सातौं राष्ट्रिय महाधिवेशनमा बोल्दै उहाँले सामूदायिक वनको क्षेत्रमा सरकारले गर्ने रचनात्मक काममा आफ्नो पार्टीको पूरै साथ रहने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो ।

महासचिव पोखरेलले वन क्षेत्रलाई सरकारले मुलुकमा विद्यमान गरिवीमाथि विजय हासिल गर्ने माध्यामको रुपमा लिएर अघि बढाउनुपर्ने आवश्यक्ता पनि औंल्याउनु भयो ।

ADVERTISEMENT

उहाँले वन संरक्षणको नाममा स्थानीय समूदायलाई विस्थापित गर्ने खालको नीति खारेज गर्न पनि सरकारलाई सचेत गराउनु भयो ।

महासचिव पोखरेलले भन्नु भयो, ‘वन क्षेत्रलाई आम जनताको गरिवी निवारणको माध्यामको रुपमा कसरी प्रयोग गर्न सकिन्छ भन्ने विषयमा पनि हामीले सोच्नु जरुरी छ । त्यसरी सोचेनौं भने हामीले स्वभाविक रुपमा गरिवीमाथि विजय हासिल गर्न सक्दैनौं भन्ने कुरालाई बुझन जरुरी छ । वन क्षेत्रमा रहेको जडिबुटी उत्पादन गर्ने र त्यसको प्रशोधन गर्ने कुराको सन्दर्भमा समूदायलाई अधिकार सम्पन्न बनाउन सकियो भने यसबाट आय आर्जनको माध्यम बन्न सक्छ भन्ने पक्षलाई पनि बुझन जरुरी छ । र, हाम्रा वन क्षेत्रभित्र स्वभाविक रुपमा उत्पादनमूलक वृक्षारोपणको कामलाई अगाडि बढाउने हो भने नियमित रुपमा वन क्षेत्रले जनताको भोकमरीसँग लडने सामथ्र्य पनि प्रदान गर्न सक्दछ भन्ने मान्यताका आधारमा हामीले अहिले जुन प्रकारले वन संरक्षणको सन्दर्भमा काठजन्य पैदावरलाई मात्रै वन संरक्षणको विषयको रुपमा बनाईरहेका छौं । त्यसलाई अन्य क्षेत्रमा पनि अगाडि बढाउने हो भने नेपालको गरिवीमाथि विजय हासिल गर्ने आधारमा रुपमा हामीले वन क्षेत्रलाई प्रयोग गर्न सक्दछौं । र, त्यसको महत्वपूर्ण साझेदारको रुपमा सामूदायिक उपभोक्ताहरु समूहरु बन्न सक्दछन भन्ने मान्यताका आधारमा सामूदायिक वन उपभोक्ता महासंघले त्यस अनुसार नयाँ दृष्टिकोणका साथ अगाडि बढन सक्नु पर्दछ । त्यो ढंगले अगाडि बढ्यो भने स्वभाविक रुपमा समूदायको हित पनि हुन्छ । राष्ट्रको समृद्धि र विकास पनि योगदान हुन्छ भन्ने कुरालाई बुझ्न आवश्यक छ । आज सम्माननीय प्रधानमन्त्रीजीले तपाईहरुको बीचमा धेरै कुराको प्रतिवद्धता व्यक्त गर्नु भएको छ । म यतिमात्र तपाईहरुको बीचमा भन्न चाहन्छु–सरकारका तर्फबाट सामूदायिक वनको क्षेत्रमा अगाडि बढाउन खोजेका रचनात्मक क्रियाकलापको सन्दर्भको बारेमा प्रमुख प्रतिपक्ष दलको तर्फबाट पूर्ण रुपमा साथ रहेनछ भन्ने कुराको बचनवद्धता र विश्वास दिलाउन चाहन्छु । तर यस्तो नभईदियोस्–प्राय हामी सुन्ने गछौं, जहाँ गयो, मिठा कुरा ग¥यो । फर्केपछि बिर्सियो । त्यो अवस्था निश्चिय पनि हुनेछैन भन्ने म ठान्दछु । आज जे प्रतिवद्धता जाहेर गरिएको छ । त्यसमा सरकार प्रतिवद्ध रहनेछ । र, सरकारले अगाडि बढाएका सामूदायिक वनको क्षेत्रमा, वातावरण संरक्षणको क्षेत्रमा गर्ने कामहरुका सन्दर्भमा हाम्रो पार्टीको पूर्ण साथ, सहयोग रहनेछ भन्ने कुरा म तपाईहरुको बीचमा राख्न चाहन्छु । ’

महासचिव पोखरेलले वन क्षेत्रको विकास गरी गरिवी हटाउन सकिन्छ भन्ने मान्यतालाई कार्यान्वयनमा लैजानका लागि सरकारले स्थानीय तहको आम उपभोक्तासँगको साझेदारीमा जोड दिनुपर्ने तर्क समेत गर्नु भयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?