सामाजिक सद्भावसहितको राष्ट्रिय एकतालाई सुदृढ बनाउनुपर्छ : ओली

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 4 mins

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सद्भावसहितको राष्ट्रिय एकतालाई सुदृढ बनाउनुपर्नेमा जोड दिनुभएको छ । अध्यक्ष ओलीले धर्म, भाषा, संस्कृतिसहितका विविधतायुक्त नेपालले सामाजिक सद्भावसहितको राष्ट्रिय एकताको सुदृढीकरणमा जोड दिनुपर्ने बताउनुभएको हो । उहाँले विविधता मुलुकको सामूहिक सम्पत्ति भएको उल्लेख गर्दै त्यसको सदुपयोग गर्दै अघि बढ्नुपर्ने आवश्यक्तासमेत औंल्याउनु भयो ।

नेपाल मुस्लिम इत्तेहाद संगठनले सोमबार ललितपुरमा आयोजना गरेको संविधानसभा सदस्य नेपाल मुस्लिम इतेहात संगठनका संस्थापक अध्यक्ष हाजी नजिर मियाद्वारा लिखित कृति ‘संघर्षशील आवाजहरू’को विमोचन गर्दै अध्यक्ष ओलीले नेपालीहरूले अतिवादमा जानै नहुने पनि दोहोर्‍याउनुभयो । मुलुकमा पनि साम्प्रदायिक विद्वेष फैल्याउने षड्यन्त्र भइरहेको उल्लेख गर्दै उहाँले त्यसबाट जोगिएर अघि बढ्नुपर्ने पनि बताउनुभयो । ओलीले विश्व राजनीतिमा धर्मको नाममा जनता मारिएको दृष्टान्त पेस गर्दै नेपालले पनि त्यसबाट सिकेर अतिवादको पक्षमा लाग्न नहुने बताउनु भयो ।

अध्यक्ष ओलीले नेपालीहरूबीच आपसी झगडा गराएर मुलुकको सामाजिक सदभाव बिथोल्ने प्रयास हुनसक्ने भन्दै सचेत पनि गराउनुभयो । विमोचित कृतिमाथि मन्तव्य राख्दै नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले पछाडि परेको समुदायको प्रतिनिधि पात्रका रूपमा नजिर मियाले समुदायको परिचयका लागि र वर्तमान संविधान निर्माणका लागि महत्वपूर्ण योगदान पुर्‍याउनुभएको थियो ।

ADVERTISEMENT

हिमालय टाइम्सका सम्पादक एवं प्राध्यापक पुरुषोत्तम दाहालले कृति विषद समीक्षा गर्दै दर्शन, धर्म, समुदाय फरक विषय भएको सन्दर्भमा कृतिले नेपाली मुस्लिम समुदायको अन्तरंग अवस्था राजनीतिक परिवर्तन र त्यसमा पुर्‍याएको योगदान अभिलेखबद्ध भएको हुनाले यो कृति पठनीय र अनुसन्धानका लागि उपयुक्त सामग्री हुने विचार व्यक्त गर्नुभयो ।

कृतिकार मियाले अझै पनि धेरै काम गर्न बाँकी रहेको बताउँदै नेपालको राष्ट्रिय निर्माणमा मुस्लिम समुदाय कहिल्यै पनि पछि नपर्ने धारणा राख्नुभयो । करिब चार सय पृष्ठको यो कृतिमा इतेहात संगठनको संस्थापनादेखि संविधासभामा मुस्लिम समुदायको परिचय स्थापित गर्न गरिएको संघर्षलाई महत्वपूर्ण रूपमा प्रस्तुत गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *