काठमाडौं । लक्ष्मी बैंक र सनराइज बैंकबीच मर्जरका लागि अन्तिम सम्झौता भएको छ । सोमबार एक कार्यक्रमबीच लक्ष्मी बैंकका सञ्चालक दिनेश पौड्याल तथा सनराइज बैंकका सञ्चालक ई. बच्छराज तातेडले मर्जरसम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।
दुवै बैंक १ः१ को स्वाप रेसियोमा मर्ज हुनेछन् भने मर्जपछि बन्ने संस्थाको नाम लक्ष्मी सनराइज बैंक लिमिटेड हुनेछ । लक्ष्मी बैंकका हालका प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाह मर्जरपछि बन्ने बैंकको प्रमुख कार्यकारी अधिकृत रहनुहुनेछ ।
गाभिएपछि बन्ने बैंकको सञ्चालक समितिको प्रथम बैठकले सञ्चालक समिति अध्यक्ष चयन गर्नेछ । बैंकले सम्पूर्ण प्रक्रिया टुंग्याई आगामी असारभित्रै एकीकृत कारोबार सुरु गर्ने लक्ष्य लिएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts