सेयर बजार छ अंकले बढ्यो

Read Time = 2 mins

काठमाडौं । गत सातादेखि बढ्दोक्रममा रहेको सेयर बजार आइतबार पनि झण्डै छ अंक अर्थात् ५.८८ अंकले बढेर १८८३.२० अंकमा पुगेको छ । ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ इण्डेक्स पनि ०.१४ अंकले बढेर ३५८.३३ अंकमा पुगेको छ । कारोबार भएका कुल १३ समूहमध्ये चार समूह घटेका छन् भने नौ समूह बढेका छन् ।

यस दिन ४८ लाख २८ हजार सात सय ७६ कित्ता सेयर एक अर्ब ६० करोड चार लाख ९२ हजार सात सय ३१ रुपैयाँमा खरिदबिक्री भएका छन् । कारोबारका आधारमा शीर्ष स्थानमा रहेको शिवम् सिमेन्टको छ करोड १७ लाख ६५ हजार चार सय ८० रुपैयाँबराबरको सेयर कारोबार भएको छ । राष्ट्रिय बीमा कम्पनी पाँच करोड २८ लाख ९९ हजार सात सय ५३, तारागाउँ रिजेन्सी होटल चार करोड एक लाख ३३ हजार पाँच सय ३१, नागरिक लगानी कोष तीन करोड ७० लाख ९२ हजार र नेपाल दूरसञ्चार कम्पनीको तीन करोड ६४ लाख ९० हजार पाँच सय ६४ रुपैयाँको कारोबार भएको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ ।

ADVERTISEMENT

राष्ट्रिय बीमा कम्पनी र आत्मनिर्भर लघुवित्तको सेयर मूल्यमा १० प्रतिशतको वृद्धि भई सकारात्मक सर्किट लागेको छ भने सनराइज फोकस्ड इक्विटी फण्ड ७.८०, पोखरा फाइनान्स ६.१६ र तारागाउँ रिजेन्सी होटलको ५.५७ प्रतिशतले बढेको छ । आदर्श लघुवित्त ६.५६, ग्लोबल आइएमई ब्यालेन्स फण्ड-१ के इकाई मूल्य ५.१८, मन्दाकिनी हाइड्रोपावर ४, राप्ती हाइड्रोपावर ३.९५ र एनबिबिएल डिबेञ्चरको सेयर मूल्य भने ३.९४ प्रतिशतले घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज