पूर्वअर्थमन्त्री कोइरालाको टिमले गर्‍याे भोजपुर क्याम्पसमा ई–लर्निङ सेन्टर स्थापना

निरोज कोइराला भोजपुर, संवाददाता
निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 5 mins

भोजपुर भोजपुर सदरमुकाममा रहेको त्रिभुवन बिश्वबिद्यालयको आंगिक क्याम्पसमा पूर्वअर्थमन्त्री शंकरप्रसाद कोइरालाको टिमले ई–लर्निङ सेन्टर स्थापना गरेको छ । आफै संरक्षण रहेको ईश्वर मन्दिर काठमाण्डौ संस्थाको सहयोगमा कोइरालाको टिमले क्याम्पसका लागि आवश्यक कम्प्युटर सहितका सामाग्री सहयोग गरेपछि आइतवारबाट सेन्टर संचालनमा आएको हो ।

कोइरालाको टिमले २० जान कम्प्युटर र एलइडी टिभी सहयोग गरेको छ । जिल्लाका अधिकांश बिद्यालयहरुमा ई–लर्निङ सेन्टर संचालनका लागि आवश्यक सामाग्री सहयोग गर्दे आई रहेको टिमले अहिले भने भोजपुर क्याम्पसमा ई–लर्निङ सेन्टर संचालनका लागि सहयोग गरेको सहयोगी संस्था ईश्वर मन्दिर काठमाण्डौका महासचिव संकेत कोइरालाले बताउनुभयो । महासचिव कोइरालाले भन्नुभयो, “आधुनिक प्रबिधिको युगमा बिद्यार्थीलाई अव कलम र पेन्सील भन्दा पनि कम्प्युटर जरुरी भएकाले शैक्षिक संस्थाहरुमा कम्प्युटर शिक्षाको शुरुवात गर्ने उद्धेश्यका साथमा अभियान शुरु गरिएको हो ।”

क्याम्पसमा ई–लर्निङ सेन्टर संचालनमा आएसँगै अध्ययरत बिद्यार्थीहरुलाई पठनपाठनमा समेत सहयोग पुगेको छ । सोहीक्रममा कोइरालाले भोजपुर क्याम्पसमा अक्षय कोष समेत स्थापना गर्ने बताउनु भएको छ । आमाबुवाको नाममा कोष स्थापना गर्न लागिएको छ ।

सामुदायिक बिद्यालयहरुको गुणस्तरीयता नभएको भन्दै अभिभावकहरुले आफना नानीहरुलाई निजी बिद्यालयमा पढाई रहेको अवस्थामा पूर्वअर्थमन्त्री कोइराला सहितको टिम भने भोजपुरका सामुदायिक बिद्यालयहरुको शैक्षिक सुधारमा लागि पर्नु भएको हो ।

ADVERTISEMENT

इच्छा शक्ति भएमा पहुँचमा नहुदाँ पनि आफनो गृह जिल्लाका लागि केही गर्न सकिन्छ भने उदाहरण खिलराज रेग्मी सरकारको अन्तरिम मन्त्रिपरिषदमा अर्थमन्त्री रहनु भएका शंकर प्रसाद कोइराला सहितको टिमले देखाएको छ । भोजपुर नगरपालिकामा रहेको बिद्योदय मावि, जनसेवा आधारभुत बिद्यालय, सरस्वती आधारभुत बिद्यालय, आर्दश शिशु आधारभुत बिद्यालय, हतुवागढी गाउँपालिकामा रहेको सगरमाथा मावि, षडानन्द नगरपालिकामा रहेको अरुण मावि, अरुण गाउँपालिकाको शारदा मावि सहित पुस्तकालय लगायतका संस्थाहरुलाई पनि कोइरालाको टिमले यस अघि नै कम्प्युटर लगायतका सामाग्रीहरु सहयोग गरि सकेको छ ।

बिद्यार्थी साथमा, कम्प्युटर हातमा भन्ने अभियान शुरु गरेको पूर्व अर्थमन्त्री कोइरालाको टिमले भोजपुरका बिद्यालयहरुमा गरेको सहयोग शैक्षिक सुधारमा महत्वपूर्ण भएको छ । पूर्वअर्थमन्त्री कोइरालाले आगामी दिनमा पनि भोजपुरका अन्य बिद्यालयहरुमा पनि यो सहयोग निरन्तरण रहने बताउनुभयो । “बिगतमा जस्तो पठनपाठन गराएर मात्र हुदैन, अव बिद्यालयहरुमा प्रबिधिी मैत्री ई–लर्निङ सेन्टरहरु पनि स्थापना हुनु पर्छ, त्यसका लागि पनि हामीले सहयोग अभियान शुरु गरेका हौ ।” कोइरालाले भन्नुभयो ।

अव घरबाट किताव कपी लिएर बिद्यालयमा पढन आउने भन्दा पनि बिद्यार्थीहरुले प्रबिधिबाट नै सिक्नु पर्ने प्राध्यापक इन्दराज्र राउतको भनाई रहेको छ । कोइरालाको सहयोगमा बिभिन्न शैक्षिक संस्थाहरुमा ई–लर्निङ सेन्टरहरु संचालनमा रहदै आएका छन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?