हेटौँडा । बागमती प्रदेशका नवनियुक्त ६ जना मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । मुख्यमन्त्री शालिकराम जम्कटेलले आइतबार कांग्रेसबाट चारजना र एकीकृत समाजवादीबाट दुईजना मन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ ।
नवनियुक्त मन्त्रीहरुले आइतबार प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।
बागमती प्रदेश प्रमुखको कार्यालयमा आयोजित विशेष समारोहमा प्रदेश प्रमुख शर्मासमक्ष कांग्रेसका पुकार महर्जनले पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय, मसिना खड्काले वन तथा वातावरण, उत्तम जोशीले स्वास्थ्य मन्त्रालय र रामकृष्ण चित्रकारले विनाविभागीय मन्त्रालयको जिम्मेवारी लिँदै पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभयो ।
यसैगरी एकीकृत समाजवादीबाट डाक्टर राजेन्द्रमान श्रेष्ठले कृषि तथा पशुपन्छी मन्त्रालय र लक्ष्मण लम्सालले पनि श्रम, रोजगार तथा यातायात मन्त्रीको रुपमा शपथ ग्रहण गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच