काठमाडौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारको लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार गोलभेडा ठूलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ६० रुपैयाँ र सानो लोकल गोलभेडाको मूल्य प्रतिकिलो ३० रुपैयाँ रहेको छ। यसैगरी आलु रातोको ३६, आलु सेतोका ३१, लोकल बन्दाको १५, काउली स्थानीयको ७० रुपैयाँ रहेको छ ।
यसैगरी भन्टा डल्लोको ६०, रायो सागको ६०, अनारको २८०, दशहरी आँपको २५०, मौसमको १८० रुपैयाँ रहेको छ । त्यस्तै, मुडेको रातो आलु ३६ रुपैयाँ, सेतो आलु ३० रुपैयाँ, सुकेको प्याज ३६ रुपैयाँ, लोकल गाजर ६५ रुपैयाँ, स्थानीय काउली ६६ रुपैयाँ, ज्यापु काउली ७५ रुपैयाँ, तने बोडी ३० रुपैयाँ, मकै बोडी ५६ रुपैयाँ ६७ पैसा, मटरकोशा १३५ रुपैयाँ, राजमा घिउ सिमी र भटमासकोशा ११६ रुपैयाँ ६७ पैसा, लौका र घिरौला ४६ रुपैयाँ ६७ पैसा, लोकल परवर ८५ रुपैयाँ रहेको छ ।
त्यसैगरी, पालूंगो साग र चमसूरको साग ११६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ १०० रुपैयाँ, डल्ले च्याउ ३०० रुपैयाँ, कुरीलो ३२५ रुपैयाँ, न्यूरो, सजिवन, चुकुन्दर, रातो बन्दा, ग्याठ कोबी र गान्टे मूला ७६ रुपैयाँ ६७ पैसा, सेलरी र पार्सले १८७ रुपैयाँ ५० पैसा, पुदीना १८७ रुपैयाँ ५० पैसा, सौफको साग ११५ रुपैयाँ, पुदीना १८७ रुपैयाँ ५० पैसा, गुन्द्रुक २७५ रुपैयाँ फूजी स्याउ २८३ रुपैयाँ ३३ पैसा, कागती १९० रुपैयाँ, अनार २६५ रुपैयाँ, मालदह र दसहरी आँप २३५ रुपैयाँ, हरियो अंगुर २१० रुपैयाँ, कालो अंगुर ३२५ रुपैयाँ, लोकल काक्रो ९५ रुपैयाँ, किवि र आभोकाडो ४५० रुपैयाँ तोकिएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts