सिंजा गाउँपालिको विकास निर्माणका दर्जनौं आयोजनाको काम धमाधम हुदै

विजय रावत जुम्ला, संवाददाता
विजय रावत जुम्ला, संवाददाता
Read Time = 7 mins

जुम्ला । जुम्लाका स्थानीय तहका दर्जनौं आयोजनाको काम धमाधम भइरहेका छन् । जिल्लाको सिंजा गाउँपालिकाले विकास निर्माणका कामलाई तीव्रगति अघि बढाएको छ । पालिका भित्रका सातवटा ग्रामीण सडकको टेन्डर भईकाम संचालनमा आएका छन् । गाउँपालिकाको प्रशासकीय भवन एकतला निर्माणधिन अवस्थामा रहेको थियो । सिंजाको आचार्यलिहि, धिताललिहि, नराकोट जाँच हुँदै कनकासुन्दरी मन्दिरसम्म पुग्ने बाटोका लागि १२ करोड बजेट अर्थ मन्त्रालयबाट प्राप्त भईकाम चालु भएको सिंजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिनुभयो ।

पालिकाको प्रशासकीय भवनको थप माथिल्लो तलाका लागि चार करोड पाँच लाखमा ठेक्का सम्झौता भई काम संचालन भइसकेको छ । १८ महिनाभित्र काम सम्पन्न गरिसक्ने भनेर ठेकेदारसँग सम्झौता भएको सिंजा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मित्रलाल धितालले जानकारी दिनुभयो । पालिकाको आन्तरिक आर्थिक स्रोतलाई बलियो बनाउनका लागि सार्वजनिक खरिद ऐनभित्र रही बालुवा गिट्टी र ढुंगाको उत्खनन् बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्डलाई लागू गरी खुला प्रतिस्पर्धा मार्फत ठेक्का आहृवानबाट यो आर्थिक वर्ष २०७९/०८० मा ६० लाख राजस्व उठाउने लक्ष्य रहेको छ ।

चालु आवको आठ महिनासम्म १५ लाख राजस्व उठेको अनुमान गरिएको छ । प्रमुख प्रशासकीय अधिकृत धितालले भन्नुभयो,“ स्वास्थ्य सेवालाई सहजरूपमै सेवाप्रवाह गर्नका लागि पालिकाको नराकोट स्वास्थ्य चौकीमा सुविधा सम्पन्न भिडियो एक्सरे सहितको ल्याब सेवा संचालनमा आएको छ । गाउँपालिकाको वडा नं. २ मा प्रसूतिगृह र वडा नं. ६ मा आधारभूत स्वास्थ्य चौकी स्थापना भई दक्ष स्वास्थ्यकर्मीबाट सेवा प्रवाह भइसकेको छ । पालिकाको हरेक वडामै गएर ज्येष्ठ नागरिक, घरदैलो निःशुल्क स्वास्थ्य उपचार गर्ने व्यवस्थासमेत गरिएको प्रमुख प्रशासकीय अधिकृत धितालको भनाइ छ । ”

सिंजा क्षेत्रमा सञ्चारको राम्रो सुविधा थिएन, स्थानीयवासी फोनबाट वञ्चित थिए । नयाँ जनप्रतिनिधि निर्वाचित भएदेखि संचारसेवालाई गुणस्तरीय बनाउनका लागि पालिकाको वडा नं.४ मा नेपाल टेलिकमको फोरजी सेवा विस्तार भई सञ्चालनमा आएको गाउँपालिका उपाध्यक्ष सितली रोकायाले बताउनुभयो । गाउँपालिकाले योजनाबद्ध ढंगले विकास निर्माण र सेवाप्रवाहको कार्य गर्दै आएको छ । गाउँसभाले स्वीकृत गरेका वार्षिक विकास योजनाहरू कार्यान्वयन गर्न वार्षिक कार्य संचालन तालिका निर्माण गरिएको सिंजा गाउँपालिकाले जनाएको छ ।

विकास निर्माणको काम तिव्रगतिमा गर्दे तिला गााउँपालिका

यहाँको तिला गाउँपालिकाले तीन वटा ग्रामीण सडकको टेन्डर गरि ठेकेदारसंग कामको सम्झौता सम्पन्न गरेको गाउँपालिका प्रविधिक शाखाका प्रमुख धनप्रसाद चौलागाईले बताउनुभयो ।

ADVERTISEMENT

पालिकाको वडा नं. १ को लाटिका धानदेखी वडा नं. २ स्थित लर्मी गाउँसम्म सडक निर्माणका लागि ५६ लाख ५९ हजार ठेकेदारसंग सम्झौता भई काम संचालन भएको छ । वडा नं. ९ को रासादेखी नदैगुफासम्म ग्रामीण सडक निर्माणका लागी ६३ लाख ६१ हजारको सम्झौता भएको छ । कुडारी बजारदेखी डुङ्गी गाउँसम्म सडक स्तरउन्नतीका लागि ३७ लाख ३६ हजार राज भारती निर्माण सेवा जुम्लासंग सम्झौता भएको गाउँपालिका प्रविधिक शाखाका प्रमुख चौलागाईले बताउनुभयो । पालिका भित्रका ठुलो योजनाहरुलाई टेन्डर गरि विकास निर्माणका कामलाई विशेष प्रथामिकतामा राखेरकाम संचालन भइरहेका छन् । पालिका भित्रको तलिचौरदेखी लासिसम्म तटबन्धन निर्माण र हितानबाडादेखी धोच्या टापु नदी तटबन्धन तथा वृक्षारोपणको बोलपत्र भई काम संचालनमा आएको गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाको भनाइ छ ।

पाँच वटा विद्यालयका पक्की भवन निर्माण हुदै

तिला गाउँपालिकाले पालिकाभित्रका पाँच वटा सामुदायिक विद्यालयका पाँचवटा पक्की भवन निर्माण गर्न भएको छ । सो पालिकाको ज्योति मावि राँसामालापानीको पक्की भवन निर्माण आयोजनाको काम अगाडि बढेको छ ।

वडा नं. ८ मा रहेको देवी देउरालि आवि विद्यालयको ६ कोठे पक्की भवन निर्माणका लागी ३८ लाख ५६ हजारमा ठेकेदारसंग सम्झौता भई काम सुचारु भएको गाउँपालिकाको प्रविधिक शाखाले जनाएको छ ।

उक्त गाउँपालिकाको देउरालि मावि जुम्लाकोटको आठ कोठे पक्कि भवन, सरस्वती माविको आठ कोठे पक्कि भवन र मानेचौर माध्यमिक विद्यालय तथा शैचालय निर्माणको काम पालिकाकाले टेन्डर गरि अगाडि बढाएको तिला गाउँपालिकाले जनाएको छ । जिल्लाका तातोपानी, पातारासी, हिमा गाउँपालिकालगायत अन्य पालिकाले पनि विकास निर्माणका कामलाई तिब्रगतिमा अगाडि बढाएको स्थानीय तहका प्रमुख बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?