क्याम्पसलाई सनराइजको सहयोग

Read Time = 2 mins

काठमाडौं । सनराइज बैंकले सुदूूरपश्चिम प्रदेशको कैलाली जिल्लामा रहेको घोडाघोडी बहुमुखी क्याम्पसमा वाटर प्युुरिफायर प्रदान गरेको छ । एक कार्यक्रमबीच एक थान वाटर प्युुरिफायर बैंकका नायब महाप्रबन्धक रबिन कुमार नेपालले घोडाघोडी बहुमुखी क्याम्पसका अध्यक्ष विष्णुुप्रसाद सापकोटा र क्याम्पस प्रमुख लक्ष्मीप्रसाद भट्टराईलाई हस्तान्तरण गर्नुभएको हो ।

सुक्खा क्षेत्रमा शुद्ध पिउने पानीको अभाव रहेकाले प्युरिफायरले विद्यार्थीलाई शुद्ध पिउने पानी पिउन र स्वस्थरूपमा पठनपाठन गर्न मद्दत पुर्‍याउने क्याम्पसका अध्यक्ष सापकोटाले बताउनुभएको छ । बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरणलगायत क्षेत्रमा सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोग गर्दै जाने जनाएको छ ।

ADVERTISEMENT

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत धनगढी उपमहानगरपालिकाका लागि डस्टबिन, हसनपुरको ऐश्र्वय विद्या निकेतनलाई प्रोजेक्टर, धनगढी त्रिनगर विद्यालयलाई साइकल स्ट्याण्ड सहयोगका साथै चुरे गाउँपालिका र डडेल्धुरामा प्रहरी बिट उद्घाटन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?