१० महिनामा ऊर्जामा एक खर्ब बढी लगानी प्रस्ताव

Read Time = 5 mins

काठमाडौं । चालु आर्थिक वर्षको १० महिना अर्थात् वैशाख मसान्तसम्म जलविद्युत् क्षेत्रमा एक खर्बभन्दा बढी लगानी प्रस्ताव आएको छ । उद्योग विभागका अनुसार सो अवधिमा जलविद्युत् क्षेत्रका ३९ उद्योगका लागि एक खर्ब एक अर्ब १४ करोड १० लाख ५४ हजार रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको हो । जसमा ठूला उद्योग ३२, मझौला उद्योग पाँच र साना उद्योग एक रहेका छन् ।

साउनमा जलविद्युत् क्षेत्रका छ उद्योगका लागि ३० अर्ब ८ करोड ९७ लाख २५ हजार रुपैयाँ लगानी प्रस्ताव आएको छ । जसमा सुम्रिना हाइड्रोपावर (पिखुवा जलविद्युत् आयोजना) का लागि ७७ करोड ६४ लाख ९० हजार, तामाकोशी जलविद्युत् कम्पनी (तामाकोशी पाँचौँ जलविद्युत् आयोजना) १६ अर्ब ४५ करोड ९८ लाख र कार्बोनलेस इनर्जी फण्डका लागि पाँच अर्ब ९६ करोड ७२ लाख रुपैयाँ लगानी प्रस्ताव आएको विभागले जनाएको छ ।

अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी (बुद्धम खोला जलविद्युत् आयोजना) का लागि दुइ अर्ब ५३ करोड २६ लाख, एसके इनर्जी डेभलपमेन्टका लागि एक अर्ब ३२ करोड आठ लाख र ओमेगा इनर्जी डेभलपर प्रालि(माथिल्लो सुनीगाड जलविद्युत् आयोजना) का लागि तीन अर्ब तीन करोड २७ लाख रुपैयाँ लगानी प्रस्ताव आएको छ । भदौमा आएको लगानी प्रतिबद्धतामध्ये जलविद्युत् क्षेत्रका ११ उद्योगका लागि २५ अर्ब १६ करोड ४८ लाख ८२ हजार प्रस्ताव आएको छ । ट्रष्ट इनर्जी लिमिटेडका लागि पाँच अर्ब ३८ करोड ७९ लाख, नुम्बुर दूधकुण्ड हाइड्रोपावरका लागि दुई अर्ब १६ करोड दुई लाख र यारु हाइड्रोपावरका लागि पाँच अर्ब ८१ करोड पाँच लाख रुपैयाँको प्रतिबद्धता आएको छ ।
सो अवधिमा हलेसी हाइड्रोपावरका लागि एक अर्ब सात करोड ३८ लाख, गोर्खाज हिमालयन हाइड्रोपावरका लागि ८३ करोड ७८ लाख, हिमाल मोटो नेपालका लागि ६० करोड र शिखर पावर डेभलपमेन्ट (लोवर भिमखोला क्यास्केड जलविद्युत् आयोजना) का लागि एक अर्ब नौ करोड ४० लाख रुपैयाँ लगानी प्रस्ताव आएको छ ।

ADVERTISEMENT

त्यस्तै, यलायन्स इनर्जी सोलुसन्सका लागि ८८ करोड २४ लाख, डाइनामिक पावर प्रालिका लागि ८४ करोड ३४ लाख, मेवा डेभलपर (सिवाखोला जलविद्युत् आयोजना) का लागि दुई अर्ब ७ करोड ४५ लाख र सिल्क पावरका लागि चार अर्ब ४० करोड रुपैयाँ लगानी प्रस्ताव आएको छ ।

असोजमा जलविद्युत् क्षेत्रका दुई उद्योगका लागि दुई अर्ब ९६ करोड ९६ लाख ७८ हजार रुपैयाँको लगानी प्रस्ताव आएको छ । जसमा बागमती वाटर इनर्जीका लागि एक अर्ब ३५ करोड ७५ लाख र माउन्टेन इनर्जी नेपाल(मिस्टी खोला-२ क्यास्केड जलविद्युत् आयोजना) का लागि एक अर्ब ६१ करोड २१ लाख रुपैयाँ रहेको छ । त्यसैगरी कात्तिकमा चार उद्योगका लागि १८ अर्ब २७ करोड ५३ लाख पाँच हजार रुपैयाँ लगानी प्रतिबद्धता आएको छ । जसमा डाइनामिक हाइड्रो इनर्जीको पाँच अर्ब ९१ करोड ६७ लाख, माथिल्लो मैलुङखोला जलविद्युत्का लागि दुई अर्ब ३४ करोड ३३ लाख, दोर्दीखोला जलविद्युत् कम्पनी (म्याग्दी खोला ए जलविद्युत् आयोजना) का लागि पाँच अर्ब १७ करोड ३२ लाख र दोर्दीखोला जलविद्युत् कम्पनी (सुपर इन्खु जलविद्युत् आयोजना) का लागि चार अर्ब ८४ करोड १९ लाख रुपैयाँ लगानी प्रस्ताव आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?