धनगढी । नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाएको छ ।
दुई मन्त्रालय पाएको माओवादीले सामाजिक विकास र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय लिएर झपट साउद र रमेश धामीलाई सरकारमा पठाउने भएको हो ।
माओवादी संसदीय दलका नेता खगराज भट्टका अनुसार माओवादीकै गीता माललाई राज्यमन्त्री बनाउने तयारी भइरहेको छ । उहाँहरूको शपथ ग्रहण आजै गर्ने तयारी भइरहेको भट्टले बताउनुभयो ।
तत्कालिन एमाले नेतृत्वको सरकार ढलेपछि माघ २६ गते कांग्रेसका कमलबहादुर शाह मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । उहाँले मुख्यमन्त्री भएको तीन महिना बित्दासम्म शाहले दुई जनाबाहेक अन्यलाई मन्त्री नियुक्त गर्न सक्नुभएको छैन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच