काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारको लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।
जसअनुसार आज ठुलो गोलभेडा, भिण्डी र भेडे खुर्सानी प्रतिकेजी ५५ रुपैयाँ, भारतीय ठुलो गोलभेडा ६६ रुपैयाँ ६७ पैसा, टनेल गोलभेडा ५९ रुपैयाँ, भारतीय सानो गोलभेडा ४० रुपैयाँ, तराई गोलभेडा, तोरीको साग, स्कूस र तितो करेला ४५ रुपैयाँ, रातो आलु, लाम्चो फर्सी र रायोको साग ३५ रुपैयाँ, भारतीय रातो आलु २९ रुपैयाँ ५० पैसा रहेको छ ।
त्यस्तै, मुडेको रातो आलु ३६ रुपैयाँ ६७ पैसा, सेतो आलु २७ रुपैयाँ ५० पैसा, सुकेको प्याज ३४ रुपैयाँ ६७ पैसा, लोकल गाजर ७६ रुपैयाँ ६७ पैसा, स्थानीय काउली ६६ रुपैयाँ, ज्यापु काउली ७५ रुपैयाँ, तने बोडी ३० रुपैयाँ, मकै बोडी ५६ रुपैयाँ ६७ पैसा, मटरकोशा १३५ रुपैयाँ, राजमा घिउ सिमी र भटमासकोशा ११६ रुपैयाँ ६७ पैसा, लौका र घिरौला ४६ रुपैयाँ ६७ पैसा, लोकल परवर ८५ रुपैयाँ रहेको छ ।
त्यसैगरी, पालूगो साग र चमसूरको साग ११६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ १०० रुपैयाँ, डल्ले च्याउ ३०० रुपैयाँ, कुरीलो ३२५ रुपैयाँ, न्यूरो, सजिवन, चुकुन्दर, रातो बन्दा, ग्याठ कोबी र गान्टे मूला ७६ रुपैयाँ ६७ पैसा, सेलरी र पार्सले १८७ रुपैयाँ ५० पैसा रहेको छ ।
उता, पुदीना १८७ रुपैयाँ ५० पैसा, सौफको साग ११५ रुपैयाँ, पुदीना १८७ रुपैयाँ ५० पैसा, गुन्द्रुक २७५ रुपैयाँ फूजी स्याउ २८३ रुपैयाँ ३३ पैसा, कागती १९० रुपैयाँ, अनार २६५ रुपैयाँ, मालदह र दसहरी आँप २३५ रुपैयाँ, हरियो अंगुर २१० रुपैयाँ, कालो अंगुर ३२५ रुपैयाँ, लोकल काक्रो ९५ रुपैयाँ, किवि र आभोकाडो ४५० रुपैयाँ तोकिएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts