काठमाडौं । हिमालयन बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत काठमाडौंको हेपाली हाइट बुढानीलकण्ठस्थित काठमाडांै इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई बाल अस्पताल निर्माण गर्नका लागि २० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । बंैकका प्रमुख कार्यकारी अधिकृत अशोकशमशेर राणाले संस्थाका अध्यक्ष प्राडा भगवान् कोइरालालाई बुधबार एक कार्यक्रमबीच उक्त रकम हस्तान्तरण गर्नुभएको हो ।
सन् २०१७ सालमा स्थापना भएको काठमाडांैै इन्स्टिच्युट अफ चाइल्ड हेल्थ गैरनाफामूलक संस्थाका रूपमा सबै बालबालिकाका लागि सुलभ मूल्यमा उच्च गुणस्तरको बाल स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्यका साथ अग्रसर रहेको छ भने दमकमा पनि बाल अस्पताल सञ्चालनमा ल्याइसकेको छ ।
बाल अस्पताललाई हिमालयनको २० लाख
Read Time = 1 min
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता