काठमाडौं । संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनले कन्ट्री प्रोग्रामिङ फ्रेमवर्क २०२३-२०२७ सार्वजनिक गरेको छ । बुधबार काठमाडौंमा एक कार्यक्रमबीच नेपालको समग्र कृषि तथा वन क्षेत्रको रूपान्तरणका लागि पाँचवर्षे कन्ट्री प्रोग्रामिङ फ्रेमवर्क सार्वजनिक भएको हो । सन् २०२३ देखि २०२७ सम्मको रणनीतिक कार्यक्रम समावेश भएको फ्रेमवर्क कृषि तथा पशुपक्षी विकासमन्त्री डा. बेदुराम भुषालसहितले सार्वजनिक गरेका थिए । मन्त्री भुसालले नेपालको कृषि क्षेत्रको विकासमा एफएओ नेपालले दिएको साथको प्रशंसा गर्दै दिगो विकासका लक्ष्य प्राप्त गर्न फ्रेमवर्कले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रमले नेपालको कृषि क्षेत्र तथा वन क्षेत्रको दिगो विकास, खाद्य तथा पोषण सुरक्षा कायम गर्ने साथै दिगो विकासका लक्ष्य हासिल गर्न सहयोग पुग्ने उहाँको भनाइ थियो ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले नेपालको खाद्य प्रणाली रूपान्तरण, भोकमरी तथा गरिबीविरुद्धको राष्ट्रिय अभियानमा उक्त कार्यक्रम सहयोगी हुने बताउनुभयो भने एफएओका एसिया प्रशान्त क्षेत्रका प्रमुख जोङ जिन किमले नेपाल सरकारले निर्धारण गरेका नीति तथा प्राथमिकतालाई एफएओको म्याण्डेटअनुसार सहयोग गर्न तत्पर रहेको बताउनुभयो । संयुक्त राष्ट्रसंघीय आवासीय प्रतिनिधि हाना सिंगर हृयाम्डीले नेपालमा युवा तथा पुरुष वैदेशिक रोजगारीका लागि थातथलो छोड्ने क्रमले कृषिमा महिलाको जिम्मेवारी बढेको सन्दर्भमा फ्रेमवर्कले महिलामैत्री प्रविधिको विकास र प्रवद्र्धनमा तथा महिला सशक्तीकरणमा विशेष ध्यान दिएको भन्दै खुसी व्यक्त गर्नुभयो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts