काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।
जसअनुसार नेपाली ठूलो गोलभेँडा प्रतिकेजी न्यूनतम ५० रुपैयाँ, रातो आलु ३५ रुपैयाँ, सेतो आलु २७ रुपैयाँ, स्थानीय काउली ६० रुपैयाँ, कागती १८० रुपैयाँ, सुकेको खुर्सानी ४५० रुपैयाँ र हरियो खुर्सानी ९० रुपैयाँ प्रतिकेजी रहेको छ ।
त्यस्तै लोकल गाँजरको न्यूनतम मूल्य प्रतिकेजी ६०, तने बोडी ३०, राजमा घिउ सिमी ११०, लोकल सिमी ७०, भटमास कोसा १००, तिते करेला ४०,लौका ४०,परवल ९०, पाकेको फर्सी ४०, घिरौंला ५०, भिण्डी ६०, स्कूस ४०, कन्ये च्याउ १०० रुपैयाँ, डल्ले च्याउ २८०, बन्दा कुरीलो ३००, ब्रोकाउली ८० रुपैयाँ प्रतिकेजीमा बिक्री भइरहेको छ ।
चमसूरको साग ११०, पालुंगो साग ११०, मेथिको साग ११०, तोरीको साग ४० हरियो प्याज ८०, रायो साग ४०, धनियाँ ६० रुपैयाँ प्रतिकेजी तोकिएको छ ।
कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी ३२० रुपैयाँ, हरियो अंगुर २०० रुपैयाँ, तरबुजा ४०,मौसम १५०, अनार २५०, केरा दर्जनको १४०, फूजी स्याउ २५०, आभोकाडो ४०० र मेवा नेपाली ६० रुपैयाँ तोकिएको कालीमाटी फलफूल बजार विकास समितिले जनाएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts