पूर्वसांसद आङटावासँग आज पनि बयान लिइँदै

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पर्नुभएका नेपाली कांग्रेसका पूर्वसांसद आङटावा शेर्पासँग आज पनि बयान लिइँदैछ । बुधबार बयान नसकिएकाले उहाँको बयान आज पनि लिन लागिएको हो ।

जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंका अनुसार बाँकी सबैको छुट बयानसमेत सकिएको छ ।

ADVERTISEMENT

शेर्पाले सोमबार प्रहरीसमक्ष आत्मसमर्पण गर्नुभएको थियो । उहाँविरुद्ध प्रहरीले वैशाख ३१ गते पक्राउ पुर्जी जारी गरेको थियो।

यो प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई नबोल्न आग्रह गर्दै पूर्वसांसद शेर्पाले ठगी गिरोहका सदस्यसँग हिरासतमै भेट गरेको आरोप छ । प्रकरणमा पक्राउ परेकाहरूमध्ये अहिलेसम्म १३ जनाको बयान सकिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज