तीन प्रदेशमा मेघ गर्जनसहित बर्षा हुने, काठमाडौं उपत्यकामा बिहानैदेखि बदली

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

काठमाडौं उपत्यकामा पनि बिहानैदेखि मौसम बदली रहेको छ ।

ADVERTISEMENT

दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।

दिउँसोपख काठमाडौं उपत्यकामा पनि मेघगर्जनसहित बर्षाको संभावना रहेको छ ।

राति भने कोशी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहि अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक बदली तथा देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको संभावना रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *