वीरेन्द्रनगर-४ मा नेपाल बैंकको शाखा

Read Time = 2 mins

सुर्खेत । नेपाल बैंकले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-४ मा शाखा विस्तार गरेको छ । मंगलबार कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा तथा नेपाल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत समता पन्तले संयुक्तरूपमा शाखा उद्घाटन गर्नुभएको हो ।

ADVERTISEMENT

नेपाल बैंक सुर्खेत शाखाका शाखा प्रबन्धक बालराज बुढाको अध्यक्षतामा भएको कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा, कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री वेदराज सिंह, कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री खड्कबहादुर पोखरेल, कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्मा, कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री मंगल शाही, कर्णाली प्रदेश सरकारका जलस्रोत तथा ऊर्जा विकासमन्त्री उर्मिला विश्वकर्मा, जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज