आजदेखि चेम्बर एक्स्पो

Read Time = 2 mins

काठमाडौं । नेपाल चेम्बर एक्स्पो २०२३ बिहीबारदेखि काठमाडौंमा सुरु हुने भएको छ । नेपाल चेम्बर अफ कमर्सले भृकुटीमण्डपमा जेठ ४ गतेदेखि ८ गतेसम्म आयोजना गर्ने छैटौँ चेम्बर एक्स्पोमा स्वदेशी उत्पादनसँगै विभिन्न अन्तर्राष्ट्रिय वस्तुको प्रदर्शनी गरिने जनाएको छ ।

चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले छैटौँ संस्करणमा व्यापारिक अन्तरक्रिया, आयात निर्यातको सूचना आदानप्रदान एवं नेपाली वस्तुको बजारीकरणमा जोड दिइने बताउनुभएको छ । मुलुकभित्र आयोजना हुने अन्तर्राष्ट्रियस्तरका व्यापार मेला तथा प्रदर्शनीमा उत्पादन, उपभोक्ताको चाहना एवं बजारीकरण तथा व्यापारिक गतिविधिको प्रत्यक्ष अवलोकन गर्न सकिनुका साथै एक्स्पोले बाहृय व्यापारिक समुदायसँग सहकार्य भई स्वदेशी उद्यमी व्यवसायीमा प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिमा समेत सहयोग पुर्‍याउने उहाँले बताउनुभयो ।

ADVERTISEMENT

एक्स्पोमा नेपाली हस्तकला, घरेलु तथा खाद्यान्न सामग्री, जटीबुटीजन्य वस्तु, अटोमोबाइल, विद्युतीय सामग्री, फेसन वेयर, छालाजन्य वस्तु रहने व्यापार मेला समिति सभापति राष्ट्रभूषण चाकुबजीले जानकारी दिनुभयो । मेलामा नेपाललगायत भारत, पाकिस्तान, बंगलादेश तथा अन्य विभिन्न मुलुकमा उत्पादित सामग्रीका स्टल रहनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज