घट्यो डिजेल र मट्टितेलको मूल्य, लिटरको कति ?

Read Time = 1 min

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । इन्डियन आयल कर्पोरेशन (आईओसी) बाट पेट्रोलियम पदार्थको खरिद मूल्य घटेर आएपछि निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको हो ।

निगमले डिजेल र मट्टितेलको मूल्यमा मंगलबार राति १२ बजेदेखि लागु हुने गरी प्रतिलिटर १० रुपैयाँ घटाएको छ । पेट्रोल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य यथावत् छ । मूल्य घटेसँगै डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर एक सय ५५ रुपैयाँ कायम भएको छ ।

ADVERTISEMENT

यसअघि डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर एक सय ६५ थियो । पेट्रोलको मूल्य प्रतिलिटर एक सय ७५, हवाई इन्धन (आन्तरिक) को मूल्य प्रतिलिटर एक सय ६०, हवाई इन्धन (बाह्य) को प्रतिलिटर अमेरिकी डलर १.३५० र खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर एक हजार आठ सय कायमै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज