भोजपुर । बुद्ध एयरको ७२ सिटे जहाजले उडान सुरु गरेसँगै संखुवासभा र भोजपुरका नागरिकलाई हवाई उडानमा सहजता थपिएको छ । संखुवासभाको तुम्लिङटार विमानस्थलमा बुद्ध एयरको एटिआर-७२ जहाजबाट नियमित उडान सुरु भएको छ । बुद्धले मंगलबारदेखि एटिआर–७२ जहाजबाट तुम्लिङटारका लागि उडान सुरु गरेको हो ।
यो विमानस्थलमा संखुवासभाका मात्र नभएर छिमेकी भोजपुर जिल्लाको उत्तरी क्षेत्रका नागरिकले पनि यात्रा गर्ने गरेका छन् । बुद्धले आगामी दिनको तालिकाअनुसार उडान सञ्चालन गरिने जनाएको छ । पहिलो चरणमा हप्ताको पाँच दिन एटिआर-७२ सिटे र सोमबार र शुक्रबार भने एटिआर-४२ जहाजबाट उडान हुने कार्यतालिका रहेको छ ।
केही अन्य एयरलाइन्स र नेपाल वायु सेवा निगमको जहाजले तुम्लिङटार गर्दै आएको भए पनि लामो समयदेखि ती उडानसमेत बन्द रहेको तुम्लिङटार विमानस्थलले जनाएको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता