कांग्रेसको असन्तुष्ट समूहले सातै प्रदेशमा अलग्गै बैठक गर्ने

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

कामाडौं । नेपाली कांग्रेसका संस्थापन इतर समूहले देशैभरी अलग्गै भेला गर्ने भएका छन् ।

संस्थापन पक्षको गतिबिधि प्रति असन्तुष्ट जनाउँदै उनीहरुले  ‘रुपान्तरण अभियान’ अन्तर्गत देशैभरी अलग भेला गर्ने भएका हुन् ।

काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा मधु आचार्य, गुरुराज घिमिरे, रञ्जित कर्ण लयायतका नेताहरुले सो अलग्गै अभियानको घोषणा गर्नुभएको हो। जसअनुसार जनकपुरबाट सुरु प्रदेश स्तरीय बैठक र भेला २९ जेठमा इटहरीमा पुगेर सकिने छ ।

आज घोषित कार्यक्रम अनुसार जेठ ११ गते जनकपुरमा मधेस प्रदेशको भेला हुनेछ भने बाग्मती प्रदेशको भेला जेठ १६ गते काठमाडौंमा हुनेछ ।

ADVERTISEMENT

यसैगरी, गण्डकी प्रदेशको २० गते पोखरामा, लुम्बिनी प्रदेशको जेठ २२ गते दाङमा, कर्णाली प्रदेशका २४ गते सुर्खेतमा, सुदुरपश्चिम प्रदेशको भेला जेठ २६ गते धनगढीमा र कोशी प्रदेशको भेला २९ गते जेठमा हुनेछ ।

कांग्रेसलाई रुपान्तरण गर्नका लागि सो भेला आयोजना गरिन लागेको आयोजकहरुले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?