भोजपुर । बुद्ध एअरको ७२ सिटे जहाजले उडान सुरु गरेसँगै संखुवासभा र भोजपुरका नागरिकलाई हवाई उडानमा सहजता थपिएको छ ।
संखुवासभाको तुम्लिङटार विमानस्थलमा बुद्ध एअरको एटीआर–७२ जहाजबाट नियमित उडान सुरु भएको
छ । बुद्धले मंगलवारबाट एटीआर–७२ जहाजबाट तुम्लिङटारका लागि नियमित उडान सुरु गरेको हो । यो बिमानस्थलमा संखुवासभाका मात्र नभएर छिमेकी भोजपुर जिल्लाको उत्तरी क्षेत्रका नागरिकहरु पनि आउने जाने गर्दे आई रहेका छन ।
बुद्धले अवका दिनका तालिका अनुसार उडान संचालन गरिने जनाएको छ । पहिलो चरणमा हप्ताको पाँच दिन एटीआर–७२ सिटे र सोमवार र शुक्रवार भने एटीआर–४२ जहाजबाट उडान हुने कार्यतालिका रहेको छ ।
तुम्लिङटारमा यस अघि पनि बुद्ध एअरले मात्रै उडान गर्दै आएको छ । केही अन्य एअरलाइन्स र नेपाल वायु सेवा निगमको जहाजले तुम्लिङटार गर्दे आएको भए पनि लामो समय देखि ती उडान समेत बन्द रहेको तुम्लिङटार बिमानस्थलले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच