काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफू माताहातका कर्मचारीले भ्रष्टचार गरे प्रमाणसहित उजुरी दिन अपिल गरेर्नुभएको छ ।
काठमाडौंका ‘भ्रष्ट कर्मचारी’ बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमेत जानुभएका मेयर शाहले त्यस्तो टेक्स्ट, अडियो, भिडियोसहितको उजुरी दिनका लागि अलग्गै मोबाइल नम्बर पनि उपलब्ध गराउनुभएको छ ।
‘हामी भ्रष्टाचार भएको हेर्न सक्दैनौ , हाम्रो अधिकार क्षेत्र काठमाडौं महानगरपालिका कार्यालयमा कुनै नि कर्मचारीले कुनै पनि प्रकारमा पैसा मागेमा प्रमाणसहित हामीलाई सम्पर्क गर्नु होला भिडियो अडियोसहित,’ उहाँले भन्नुभएको छ, ‘कसैले बिना प्रमाण यस्ले यति भ्रस्टाचार गर्यो भनेर आरोप लगाउनु भन्दा पनि प्रमाण जुटाउनु होला ।
उहाँले अगाडी मोबाईल नम्बर उपलब्ध गराउँदै भन्नुभएको छ, ‘हामीलाई 9863592011 मा whatsapp प्रमाणसहित सम्पर्क गर्न सक्नु हुनेछ । यो मोबाइल मैले मात्र बोक्ने भएको हुनाले पठाउनेको नाम गोप्य राखिनेछ ।’







This is breaking news.
Video News Post
Breaking News with Advertisements