काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विदेशीको इसारामा चल्न थालेपछि आफ्नो पार्टीले सरकार छाडेको आरोप लगाउनुभएको छ । सोमबारबाट काठमाडौंको धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको पार्टीको केन्द्रीय समितिको बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले यसपटक देशभित्रकै दलले सरकार निर्माण गर्न सक्छन् भन्ने प्रमाणित गरे पनि प्रधानमन्त्री दाहाल विदेशीको इसारामा चल्दा सरकार छोडेर प्रतिपक्षमा बस्नुपरेको बताउनुभएको हो । प्रमुख राजनीतिक दलहरूका सत्ता केन्द्रित क्रियाकलापका कारण मुलुक गम्भीर संकटतर्फ उन्मुख भएको राप्रपाको ठहर छ । अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले प्रमुख राजनीतिक दलहरूका सत्ता केन्द्रित क्रियाकलापका कारण मुलुक गम्भीर संकटतर्फ उन्मुख भएको बताउनुभएको हो ।
उहाँले मुलुकका तीन प्रमुख अंगहरूका बीच रहनुपर्ने शक्ति नियन्त्रण र सन्तुलनको व्यवस्था ध्वस्त भएको जिकिर गर्नुभयो । कमजोर अर्थतन्त्र, बढ्दो युवा बेरोजगारी, राज्यका सबै अंगमा भ्रष्टाचार र भ्रष्टाचारमा प्रायः सबै प्रमुख राजनीतिक दलहरूको संलग्नता, वैदेशिक नीतिमा आएको असन्तुलन सामान्य अवस्था नरहेको राप्रपाको ठहर छ । वैदेशिक सम्बन्धलाई सत्ता आरोहणको रूपमा प्रयोग गर्ने आलोकाँचो व्यवहारका कारण नेपालको वैदेशिक सम्बन्ध पूर्ण रूपमा खल्बलिन पुगेको बताउनु भयो । अध्यक्ष लिङ्देनले आफूलाई अग्रगमनका संवाहक, लोकतन्त्रको पर्याय ठान्ने केही राजनीतिक दलका कारण देश संकटको भुमरीमा फसिरहेको उल्लेख गर्नुभयो ।
उहाँले अकर्मण्य नेतृत्व, गलत नीति अदूरदर्शिता र सत्ता लिप्साको प्रतिफल नेपालको राष्ट्रियता, राष्ट्रिय एकता अखण्डता, सार्वभौमिकता संकटग्रस्त बनेको उल्लेख गर्नुभयो । उहाँले देशमा बाहृय चलखेल तीव्र रूपमा बढेको, भ्रष्टाचारको चंगुलमा देश फसेको, लोकतन्त्रको आवरणमा नव सामन्तवाद र सर्वसत्तावाद हाबी भएको बताउनुभयो । विदेशीको आग्रहमा सम्पन्न १२ बुँदे सहमतिको मार्गचित्र गलत प्रमाणित भएको दाबी गर्नुभयो ।
लिङ्देनले कांग्रेस र कम्युनिष्टको विकल्प राप्रपाबाहेक अरूबन्न नसक्ने दाबीसमेत गर्नुभयो । जनताले वर्तमान नेतृत्वको विकल्प खोजेको तर कांग्रेस र कम्युनिष्टले अवलम्बन गरेको वैचारिक मार्गचित्रको विकल्प राप्रपाले अवलम्बन गरेको निरन्तरता सहितको परिवर्तन नभएको उहाँको दाबी छ, ‘कम्युनिष्ट र कांग्रेसको वैचारिक मार्गचित्रको विकल्प देशलाई आवश्यक छ र त्यसको नेतृत्व राप्रपाले मात्र गर्न सक्छ, यो वास्तविकता हो, धरातलीय यथार्थ हो ।
वैचारिक र व्यावहारिक दुवै दृष्टिले राप्रपाबाहेक अरू कुनै पार्टी कांग्रेस र कम्युनिष्टको विकल्प बन्न सक्ने सम्भावना नै नभएको लिङ्देनको दाबी छ । देश र राजनीति दुई कित्तामा बाँडिएको दाबी गर्नुभएका राप्रपा अध्यक्ष लिङ्देनले बेथितिको निरन्तरतामा रमाउने ठूला तथा पुराना दल र अवस्था मात्र बदल्ने नयाँ दलका अवधारणा निकास र निराकरणका लागि पर्याप्त नभएको जिकिर गर्नुभयो । ‘देशको सबैभन्दा जेठोदेखि सबैभन्दा कान्छा दल एकै कित्तामा उभिएका छन्, यथास्थितिको निरन्तरताका पक्षधर बनेका छन्,’ उहाँको भनाइ थियो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts