‘कानुन व्यवसायीहरूको क्षमता अभिवृद्धि कार्यशाला’ अयोजना सम्पन्न

यज्ञराज पाण्डे
यज्ञराज पाण्डे
Read Time = 5 mins

महेन्द्रनगर । नेपाल बार काउन्सिलले ‘कानुन व्यवसायीहरूको क्षमता अभिवृद्धि कार्यशाला’ कार्यक्रमको आयोजना सम्पन्न गरेको छ । कानुन व्ययसायीहरूको व्यावसायिक क्षेत्रको सुधारका लागि के कस्ता सीप तथा क्षमता अभिवृद्धि गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित कार्यक्रम कैलालीको चुरे गाउँपालिकाको खानीडाँडामा आयोजना गरिएको हो ।

उच्च अदालत दिपायलका मुख्य न्यायाधीश नृपध्वज निरौलाको प्रमुख आतिथ्यमा आयोजना भएको सो कार्यक्रममा महेन्द्रनगरस्थित उच्च अदालतका वरिष्ठतम न्यायाधीश कृष्णलाल भट्टराई, न्यायाधीश अर्जुन कोइराला, सुदूरपश्चिम प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता कुलानन्द उपाध्याय, नेपाल बार एसोसिएसनका पूर्व कार्यवाहक केन्द्रीय अध्यक्ष वरिष्ठ अधिवक्ता राजेन्द्र साउद, नेपाल बारका केन्द्रीय उपाध्यक्ष तुलाराम गिरी, उच्च सरकारी वकिल कार्यालय महेन्द्रनगरका सहन्यायाधिवक्ता दमन विष्टलगायत नेपाल बार एसोसिएसनका पूर्व पधाधिकारी एवं नेपाल बार काउन्सिलका पार्षद् प्रकाश पाण्डेको समेत उपस्थिति थियो ।

छलफलमा उठेका विषयमा उच्च अदालत महेन्द्रनगर इजलासका वरिष्ठतम् न्यायाधीश कृष्णलाल भट्टराईले सुदूरपश्चिमको कानुनी समुदायको संयुक्त रूपमा न्यायिक सम्मेलनको आयोजना गरी समस्याको पहिचान समाधानका बाटाहरूमा लाग्न सकिने सम्भावना रहेको बताउनुभयो । त्यस्तै, कार्यक्रमका प्रमुख अतिथि उच्च अदालत दिपायलका माननीय मुख्य न्यायाधीश नृपध्वज निरौलाले कार्यशालामा उठेका सम्पूर्ण विषयहरूलाई सम्बोधन गर्दै आफ्नो तहबाट हुनसक्ने कुरा आफ्नैबाट र माथिल्लो तह सर्वोच्च अदालतबाट सम्बोधन हुने कुराहरू सोहीबमोजिम समन्वय गरिनुपर्ने बताउनुभयो । उहाँको भनाइ थियो, ‘सुदूरपश्चिम क्षेत्र अन्तर्गतका सबै न्यायिक निकायहरूबाट छिटो, छरितो र सर्वसुलभ न्याय प्राप्तिका निमित्त निकट भविष्यमा सुदूरपश्चिम क्षेत्र अन्तर्गतका अदालत, बार, सरकारी वकिल कार्यालय, अनुसन्धान निकाय र सरोकारवाला अन्य निकायहरू समेतका बीच कार्यक्रमको आयोजना गर्नका लागिसमेत आयोजित कार्यशालाले महत्वपूर्ण सिकाइको अनुभूति गराएको छ ।’

ADVERTISEMENT

कार्यक्रममा नेपाल बारका केन्द्रीय उपाध्यक्ष तुलाराम गिरीले निकट भविष्यमा कानुन व्ययसायीहरूको पेसागत क्षमता र वृत्ति विकासका लागि आर्थिक पक्ष महत्वपूर्ण हुने हुँदा प्रदेश सरकार, स्थानीय सरकार, नेपाल बार र बार काउन्सिल समेतकाबीच समन्वय सहकार्य गरी बजेट मागका लागि सबै बार इकाई नेतृत्व सक्रिय र क्रियाशील रहनुपर्ने कुरामा जोड दिनुभएको थियो ।

कार्यक्रमको अध्यक्षता गर्नुभएका काउन्सिलका पार्षद् पाण्डेले कानुन व्यवसायको पेसामा देखिएका समस्याका बारेमा कार्यशाला केन्द्रित रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले समस्याको पहिचान समाधानका बाटाहरूमा लाग्न सकिने सम्भावनाका बारेमा छलफल गरेका छौँ । अबका दिनमा नयाँ रणनीतिक तवरले अगाडि बढ्न सकियो भने सर्वसाधारणमा न्यायको पहुँच अभिवृद्धिका लागि कोशे ढुंगाको रूपमा सावित हुन सक्छ ।’

कानुन व्यवसायीहरूको क्षमता अभिवृद्धिका लागि काउन्सिलले लामो समयदेखि विभिन्न प्रदेशहरूमा विभिन्न कार्यशाला तथा गोष्ठीका कार्यक्रम आयोजना गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?