काठमाडौं । कामना सेवा विकास बैंकको १६औँ वार्षिक साधारणसभा आइतबार काठमाडौं मा सम्पन्न भएको छ । साधारणसभामा बैंकको चुक्ता पुँजीको ५२ प्रतिशतभन्दा बढी सेयरको प्रतिनिधित्व हुने गरी चार सय ४९ जना सेयरधनीको उपस्थिति थियो ।
साधारणसभाले आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पुँजी तीन अर्ब १४ करोड २५ लाख ७७ हजार २१ रुपैयाँ ९३ पैसाको ४.४१ प्रतिशतका दरले बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनार्थ ०.२३२१ प्रतिशतसमेत गरी कुल ४.६४२१ प्रतिशत लाभांश वितरणसम्बन्धी प्रस्ताव पारित गरेको छ । बैंकका अध्यक्ष सुदिप आचार्यले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, बैंकको आर्थिक वर्ष २०७८/०७९ को वासलात, नाफा/नोक्सान हिसाब, नगद प्रवाह विवरण र सोसँग सम्बन्धित अनुसूची र देशको आर्थिक तथा बैंकिङ क्षेत्रको अवस्था तथा चालु आर्थिक वर्ष २०७९/०८० को हालसम्मको कार्यसम्पादनको संक्षिप्त विवरण र भावी कार्ययोजना प्रस्तुत गर्नुभएको थियो ।
कामु प्रमुख कार्यकारी अधिकृत विनय दाहालले चालु आर्थिक वर्षको स्वीकृत बजेट तथा कार्यक्रमअनुसार निर्धारण गरिएको लक्ष्य हासिल हुने गरी कार्यक्रम सञ्चालन गरिए पनि अर्थतन्त्रमा देखिएको विषम परिस्थितिका कारण निर्धारित लक्ष्य प्राप्त गर्न केही असहज भएकाले चालु आवमा व्यवसाय वृद्धिका साथै खराब कर्जा असुलीमा बढी ध्यान केन्द्रित गरी कार्ययोजनासहित अघि बढ्ने बताउनुभयो ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts