शरणार्थी प्रकरणका बारेमा सरकारले सदनलाई जानकारी नदिएकोमा एमालेको आपत्ति

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । नेकपा एमालेका सांसद ठाकुर गैरेले नक्कली भुटानी शरणार्थी प्रकरणका बारेमा सदनलाई जानकारी नगराएकोमा आपत्ति जनाउनुभएकाे छ ।

सो प्रकरणमा मुछिएकाकालाई पक्राउ गरे पछि अनुसन्धान के कस्तो अवस्थामा पुगेको छ ? भन्ने बारेमा यसअघि संसदले गरेको रुलिङ पनि सरकारले नमानेको भन्दै आपत्ति जनाउनुभएकाे हाे ।

ADVERTISEMENT

‘नक्कली शरणार्थी प्रकरणमा संसदले यसअघि नै संसदलाई जानकारी गराउनका लागि रुलिङ गरेको थियो तर आजको कार्यसुची हेर्दा सो प्रकरणमा भएका काम कारबाहीका बारेमा संसदलाई जानकारी गराउने कार्य सुचीमा देखिएन, यस्तो जघन्य अपराधका बारेमा किन जानकारी दिईएको छैन,’ ठाकुरले भन्नुभयाे, ‘सरकारले यसवारेमा सदनलाई जानकारी दिनुपर्छ अनि मात्र सदनको कारबाही सहज रुपमा अघि बढछ,’ उहाँले भन्नुभयाे ।

सो बारेमा सरकारलाई पुनः ध्यानाकषर्ण गराउनका लागि सभामुखले चासो दिनु पर्ने भन्दै सदनको रुलिङ अनुसार संसदमा जानकारी दिनु पर्ने उहाँको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?