काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रक्ररणमा ११ दिन पछि पक्राउ पर्नुभएका टोपबहादुर रायमाझीलाई अदालत लगिएको छ ।
आइतबार साँझ बुढानिलकण्ठस्थित नातेदारको घरबाट उहाँ पक्राउ पर्नुभएको थियो । रायमाझीलाई अनुसन्धानका लागि म्याद थप गर्न जिल्ला अदालत काठमाडौं लगिएको हो ।
उहाँ जिल्ला अदालत भित्र प्रवेश गरिसक्नु भएको छ । कति दिनको म्याद थपेर अदालतबाट बाहिरिनुहुने हो त्यो भने एकछिनमा खुल्ने जनाईएको छ ।






