नयाँ र पुराना स्टक ब्रोकरबीच वाक्युद्ध

Read Time = 4 mins

काठमाडौं । नेपाल धितोपत्र बोर्डबाट आशयपत्र पाएका नयाँ स्टक ब्रोकर र पुराना स्टक ब्रोकरबीच आरोप-प्रत्यारोप सुरु भएको छ । नयाँ स्कट ब्रोकरले पुराना स्टक ब्रोकरलाई एकाधिकार जमाउन खोजेको भन्दै नयाँ स्टकका लागि कुनै आर्थिक लेनदेन नभएको दाबी गरेका छन् ।

नेपाल स्टक ब्रोकर एसोसिएसनले आर्थिक लेनदेनमा नयाँ कम्पनीलाई स्टक ब्रोकर लाइसेन्स दिइएको आरोप लगाउँदै आएको छ तर नयाँ स्टक ब्रोकरले उक्त आरोपप्रति आपत्ति जनाएका छन् । ४३ नयाँ स्टक ब्रोकर कम्पनीले विज्ञप्तिमार्फत् नयाँ स्टक ब्रोकरको लाइसेन्स वितरणमा आर्थिक चलखेलको आरोप प्रमाणित गर्न चुनौती दिएका हुन् । आगामी दिनमा आधारहीन, कपोलकल्पित आरोप लगाइएको पाइएमा कानुनी उपचार पनि खोज्न बाध्य हुने नयाँ स्टक ब्रोकरको चेतावनी छ ।

नेपाल धितोपत्र बोर्डबाट नयाँ धितोपत्र दलाल तथा व्यापारीका लागि आवेदन माग गरी निजी क्षेत्रका साथै विभिन्न बैंक वित्तीय संस्थाद्वारा प्रवद्र्धित ४३ नयाँ धितोपत्र दलाल तथा व्यापारी कम्पनीलाई आशयपत्र प्रदान गरेको छ । तर, नियामक निकायबाट भएको हालैको सकारात्मक विकासलाई समेत नकारात्मक ढंगबाट व्याख्या गर्दै आफ्नो सिण्डिकेट एवं एकाधिकार कायम हुनुपर्छ भन्ने संकुचित मानसिकतामा स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालको भ्रामक, कपोलकल्पित, आधारहीन विज्ञप्तिले सम्पूर्ण ५६ लाख लगानीकर्ताले गरेको अपेक्षामाथिको तुषारापात भएको नयाँ स्टक ब्रोकरको ठहर छ ।

ADVERTISEMENT

बोर्डबाट आशयपत्र प्राप्त गरेका नयाँ धितोपत्र दलाल तथा व्यापारी कम्पनीको भेलाले सागर ढकालको नेतृत्वमा ११ सदस्यीय नयाँ स्टक ब्रोकर एसोसिएसन नेपाल स्थापनाको घोषणासमेत गरेको छ ।

यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनमा नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रिया रोकिएकोमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) का कर्मचारीले स्वागत गरेका छन् । नेप्से कर्मचारी संघले आइतबार एक विज्ञप्ति जारी गर्दै प्रक्रिया रोकिएकोमा स्वागत गरेको हो ।

सरकारी स्वामित्वको राष्ट्रिय सम्पत्ति नेप्सेलाई कमजोर बनाउन सीमित स्वार्थ समूहका लागि नयाँ स्टक एक्सचेन्ज खोल्न दिने नेपाल धितोपत्र बोर्डको प्रयासलाई प्रधानमन्त्रीको निर्देशनमा रोक्ने निर्णय हुनु स्वागतयोग्य रहेको संघद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज