सेयर बजार दोहोरो अंकले घट्यो

Read Time = 3 mins

काठमाडौं । साताको पहिलो दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से १६.९६ अंकले घटेर १८२१.६४ मा सीमित भएको हो । ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ३.५२ अंकले घटेर ३४९.५८ अंकमा झरेको छ । कारोबार भएका कुल १३ वटै समूहमध्ये एक समूहको सेयर मूल्यमा सामान्य वृद्धि भए पनि १२ समूहको सेयर मूल्य घटेको छ । कुल २७ लाख ८८ हजार आठ सय १५ कित्ता सेयर ९० करोड पाँच लाख ६३ हजार आठ सय ५६ मा कारोबार भएको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ । कारोबारका आधारमा शीर्षस्थानमा रहेको नागरिक लगानी कोषको पाँच करोड ३५ लाख ७५ हजार सात सय ८१ बराबरको कारोबार भएको छ भने हिमालयन डिस्टिलरी चार करोड ५९ लाख ६९ हजार एक सय ८९, एनआइसी एसिया बैंक चार करोड ५७ लाख ५४ हजार सात सय चार, शिवम् सिमेन्ट तीन करोड ६० लाख ७१ हजार पाँच सय ९० र नबिल बैंकको तीन करोड सात लाख ९० हजार आठ सय एक रुपैयाँ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

आत्मनिर्भर लघुवित्तको सेयर मूल्य भने १० प्रतिशतले वृद्धि हुँदा सकारात्मक सर्किट लागेको छ । नागरिक लगानी कोष ३.९३, मिथिला लघुवित्त ३.८६, बाराही हाइड्रोपावर ३.७८ र स्वाभिमान लघुवित्तको सेयर मूल्य ३.०५ प्रतिशतले बढेको छ ।

ADVERTISEMENT

तर, राष्ट्र उत्थान लघुवित्त ६.३७, दोर्दीखोला जलविद्युत् ५.९२, हिमालयन ऊर्जा विकास कम्पनी ५.७०, श्वेतगंगा हाइड्रोपावर ५.२३ र कृषि विकास बैंकको सेयर मूल्य ५.०२ प्रतिशतले घटेको नेप्सेले जनाएको छ । गत शुक्रबार नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरे पनि सेयर बजार सम्बन्धमा कुनै नीतिगत व्यवस्था नगरेकाले सेयर बजारका लगानीकर्तामा निराशा छाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज