वातावरणमैत्री लगानीमा विज्ञको जोड

Read Time = 7 mins

काठमाडौं । नेपालमा विदेशी लगानी भित्तत्र्याउन कानुनी एवं संरचनात्मक सुधार गर्नुपर्नेमा विज्ञहरूले जोड दिएका छन् । लगानी बोर्ड र स्ट्याण्डर्ड चार्टर्ड बैंकको संयुक्त आयोजना र नेपाल आर्थिक पत्रकार समाज(सेजन)को संयोजनमा आयोजित नेपालका लागि वित्तीय लगानीसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको अन्तिम सत्रका वक्ताहरूले यस्तो जोड दिएका हुन् ।

अन्तर्राष्ट्रिय मुद्राकोष(आइएमएफ)का नेपालका लागि आवासीय प्रतिनिधि टेरेसा दबन सान्चेन्जले भन्नुभयो, ‘नेपालको कानुनी संरचना सुधार्नुपर्छ, दिगो अर्थतन्त्रका लागि आयातमा आधारित राजस्व प्रणाली परिवर्तन गर्नुपर्छ । त्यसका लागि उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनुपर्छ ।’ उहाँले वैदेशिक लगानी आकर्षित गर्न आयोजना कार्यान्वयन क्षमता अभिवृद्धि र नीतिगत सुधारमा विशेष केन्द्रित हुनुपर्ने पनि बताउनुभयो । एसियाली विकास बैंकका प्रमुख अर्थशास्त्री जान हान्सेनले नेपालमा लगानीमैत्री वातावरण बनाउन प्रविधिमैत्री हुनुपर्ने बताउनुभयो । उहाँले स्थानीयस्तरमा लगानी पु¥याउन सोहीअनुसारका फरक–फरक लगानीयोग्य आयोजना निर्माण गर्न सुझाव दिनुभयो । सार्वजनिक र निजी क्षेत्रको सहकार्यमा नै लगानीको वातावरण सिर्जना हुने भएकाले आपसी सहकार्य गर्दै लगानीका क्षेत्र पहिल्याउनेतर्फ ध्यान दिनुपर्ने उहाँको सुझाव थियो ।

संयुक्त राष्ट्रसंघ, वित्तीय विकास कोषका राष्ट्रिय कार्यक्रम संयोजक सरोज नेपालले नेपालका संघ, प्रदेश र स्थानीय तहमा थुप्रै आयोजना रहे पनि लगानीयोग्य आयोजना भने पाउन मुस्किल रहेको दाबी गर्नुभयो । लगानीयोग्य आयोजना तयार भएको अवस्थामा मात्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानी आकर्षित हुने भएकाले त्यस्ता योजना तयारमा विशेष ध्यान जानुपर्नेमा उहाँको जोड थियो ।

स्ट्याण्डर्ड चार्टर्ड बैंक युकेका स्थिरतासम्बन्धी वरिष्ठ सल्लाहकार मुर्टनले वैदेशिक लगानी आकर्षित गर्न तीव्रगतिमा विकास गरिरहेका विश्वका ठूला अर्थतन्त्र (भारत र चीन) बाट फाइदा लिन सक्नुपर्ने र त्यसका लागि नीतिगत सुधारमा ध्यान दिनुपर्ने बताउनुभएको छ ।

ADVERTISEMENT

स्ट्याण्डर्ड चार्टर्ड बैंक युकेका स्थिरतासम्बन्धी वरिष्ठ सल्लाहकार जोहन मुर्टनले सन् २०३० सम्ममा मध्यमस्तरको आय भएको देशमा परिणत हुने र सन् २०४५ सम्मा शून्य कार्बन उत्सर्जन गर्ने लक्ष्य लिएको नेपालले त्यस्तो लक्ष्य हासिल गर्न वातावरणमैत्री लगानीलाई विशेष प्राथमिकता दिनुपर्ने बताउनुभयो । वैदेशिक लगानी आकर्षित गर्न तीव्रगतिमा विकास गरिरहेका विश्वका ठूला अर्थतन्त्र (भारत र चीन) बाट फाइदा लिन सक्नुपर्ने र त्यसका लागि नीतिगत सुधारमा ध्यान दिनुपर्ने उहाँको सुझाव थियो ।

नेपाल उद्योग परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले सार्वजनिक क्षेत्र र निजी क्षेत्रको सहकार्यबाट मात्रै आर्थिक विकास अघि बढाउन सकिने भन्दै सोहीअनुसार नेपाल अघि बढेको जानकारी गराउनुभयो । नेपाल पूर्वाधार बैंकका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले नेपालले लिएको आर्थिक लक्ष्य पूरा गर्न वैदेशिक सहयोग आवश्यक पर्ने भएकाले सोहीअनुसारका कार्यक्रम तय गरेर अघि बढ्नुपर्ने बताउनुभयो ।

सम्मेलन समापन गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले लगानीमैत्री वातावरण सिर्जना गर्न नेपाल सक्षम रहेको भन्दै नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय बैंक तथा वित्तीय संस्थाले चासो देखाइरहेको जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, ‘नेपाल लगानीमैत्री वातावरण निर्माण गर्न सक्षम छ । हामी गर्वसाथ भन्न सक्छौँ, हामी लगानीमैत्री वातावरण तयार गर्न गर्छौँ । अन्तर्राष्ट्रिय लगानीकर्ताले नेपालको अवस्थालाई नजिकबाट नियालिरहेका छन् । हाम्रो अवस्था अन्य देशसँग तुलना गरिरहेका छन्, यद्यपि उनीहरू लगानीका लागि इच्छुक छन् ।’

गभर्नर अधिकारीले नेपालका लागि वित्तीय लगानीसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनले नेपालमा लगानीको वातावरण रहेको सन्देश प्रवाह गर्ने विश्वाससमेत व्यक्त गर्नुभयो । सम्मेलनमा चार सत्रमा लगानीसम्बन्धी विभिन्न क्षेत्रमा बहस भएका थिए । नेपालको लगानीको अवस्था एवं वित्तीय उपलब्धता, कानुनी, संस्थागत कार्यान्वयन अवस्था, विकास र लगानी एवं सबल पक्ष उपयोग गर्दै अप्ठ्यारा निराकरण गर्नेजस्ता विविध विषयमा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय विज्ञले प्रस्तुति दिएका थिए । प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्नुभएको सम्मेलनको समापन भने गभर्नर अधिकारीले गर्नुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?