ट्विटरको नयाँ सीईओमा लिन्डा याकरिनो नियुक्त

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । इलोन मस्कले ट्विटरको नयाँ सीईओको नाम घोषणा गरेका छन् । एनबीसी युनिभर्सलकी पूर्व विज्ञापन प्रमुख लिन्डा याकरिनोलाई उनले ट्विटरको सीईओ बनाएका हुन् ।

करिब ६ हप्तापछि उनले नयाँ कार्यभार सम्हाल्ने बताइएको छ । मस्कले ट्विटरमार्फत यसको घोषणा गरेका छन्। एक दिनअघि नै उनले नयाँ सीईओ फेला पारेको बताएका थिए। तर, नाम खुलाएका थिएनन् ।

नयाँ सीईओ नियुक्तिसँगै आफू कार्यकारी अध्यक्ष र चिफ टेक्नोलोजी अफिसरको भूमिकामा रहने मस्कले बताएका छन् ।

ADVERTISEMENT

याक्कारिनोले बिजनेस हेर्ने र आफूले प्रडक्ट डिजाइन तथा नयाँ प्रविधि हेर्ने उनले जानकारी दिए ।

एनबीसी युनिभर्सलमा १२ वर्ष बिताएकी याक्कारिनोले विज्ञापनको क्षेत्रमा ट्विटरलाई निकै ठूलो फाइदा पुर्याउने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?