काठमाडौं । काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले भ्रष्टाचारको छानविनका लागि पनि विदेशी दबाब नै चाहिने भन्दै जिज्ञासा राख्नुभएको छ ।
मिश्रले सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै नक्कली भुटानी शरणार्थी प्रकरण संयुक्त राज्य अमेरिकासँग पनि जोडिएको भएकाले धम्कीपूर्ण दबाब नभएको भए शीर्ष नेताहरू पक्राउ पर्न नसक्ने बताउनु भएको छ ।
साथै मिश्रले कांग्रेस सांसद आरजू देउवा र माओवादी सांसद माधव सापकोटाले भुटानी शरणार्थी काण्डको छानबिन अमेरिकी गुप्तचर तथा सुरक्षा संस्था ‘एफबीआइ’ले पनि गरिरहेको छ भनी गरेको टिप्पणीलाई नबिर्सिन आग्रह समेत गर्नुभएको छ ।
‘‘भुटानी शरणार्थीको विषय संयुक्त राज्य अमेरिकासँग पनि जोडिएको छ र उनीहरूको चासो र सम्भवतः गम्भीर र धम्कीपूर्ण दबाब नभएको भए कांग्रेसका ठूला नेता बालकृष्ण खाँड पक्राउ पर्ने र विभिन्न कारणले प्रतिपक्षी भए पनि साथ लिनै पर्ने एमालेका ठूला नेता टोपबहादुर रायमाझीका विरुद्ध पक्राउ पुर्जी जारी हुने कल्पनै गर्न सकिँदैन’ मिश्रले भन्नुभएको छ ।
मिश्रले गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नै अन्तरआत्माको आँटले यो कार्य गरिरहनु भएको हो भने अरू दर्जनौँलाई सप्रमाण पक्राउ गर्नसक्ने बताउँदै यदि होइन भने यसबाट उत्साहित हुनुपर्ने कारण समेत नभएको बताउनु भएको छ ।
उहाँले लेख्नुभएको छ, 'गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नै अन्तरआत्माको आँटले यो कार्य गरिरहनु भएको हो भने, उहाँले पालैपालो अरू दर्जनौँलाई सप्रमाण पक्राउ गर्न सक्नुहुन्छ भन्नेमा सन्देह छैन। होइन भने, यसबाट कोही धेरै उत्साहित हुनु पर्ने कारण छैन। यो केवल भ्रष्टाचारको कालोमोसो पोतिएको अनुहारमा विशेष कारणबस सेतो रङ्ग दल्ने प्रयास मात्र हो।'
हेर्नुहोस् मिश्रको स्टाटस







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts