निर्दोष डराउनु पर्दैन, भ्रष्टाचारीलाई छोड्दिनः मन्त्री श्रेष्ठ

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारमा संलग्नहरुलाई नछोड्ने बताउनुभएको छ ।

बुधवार काठमाडौंमा आयोजित निर्मल लामा स्मृति प्रतिष्ठानको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले देशमा थुप्रै समस्या रहेको र कमीसन र भ्रष्टाचारले देश जर्जर बनाएको उल्लेख गर्नुभयो । उहाँले कमिसनखोर र भ्रष्टाचारीलाई कारबाही गर्न आफू पछि नहट्ने बताउनु भयो ।

उहाँले खाडीमा काम गर्न गएका ३० लाख नेपालीलाई स्वदेशमै रोजगारी सिर्जना गर्न भ्रष्टाचारीलाई कारबाही गर्नुको विकल्प नरहेको बताउनु भयो । उहाँले निर्दोष मानिस डराउनुपर्ने आवश्यक्ता नरहेको पनि उल्लेख गर्नुभयो ।

ADVERTISEMENT

उहाँले भन्नुभयो, ‘हाम्रो देशमा अरु थुप्रै समस्याहरु छन्। कमिसन र भ्रष्टाचारले देश जर्जर बनाएको छ । कमिसनखोर र भ्रष्टाचारीलाई कारबाही गर्नुपर्छ । र सामाजिक आर्थिक रुपान्तरणको प्रक्रियालाई तिब्र पार्नुपर्छ । ३० लाख खाडी मुलुकमा भएको नेपाली जनता जो आमाबुबाको काख, बालबच्चाको साथ छोडेर बालबालिकाको जीवन रक्षाका लागि श्रम गरिरहेका छन्, उनीहरुलाई यही भूमिमा काम गर्नका लागि भ्रष्टाचारीमाथि कारबाही गर्नैपर्छ । भ्रष्टाचारमाथि कारबाहीको मुद्दालाई मुल रुपमा उठाएका छौँ । कोही निर्दोष डराउनुपर्दैन, कोही निर्दोष तानिने छैनन्, कोही दोषी छुट्ने छैनन् । दोषीलाई जहाँ गएपनि छोड्दैनौँ, यो हाम्रो प्रतिवद्धता हो ।’

गृहमन्त्री श्रेष्ठले भ्रष्टाचारमाथि कारबाहीको मुद्दालाई अहिलेको सरकारले मुल मुद्दा बनाएको बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *