भ्रष्टाचारका कारण नै देशको अर्थतन्त्र अस्तव्यस्तः विनोद चौधरी

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । नेपाली काँग्रेसका सांसद विनोदकुमार चौधरीले मुलुकमा भ्रष्टाचार व्याप्त रहेको बताउनुभएको छ ।

बुधवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले भ्रष्टाचारका कारण आम नागरिकहरु पीडित बनेको बताउनु भयो । उहाँले भ्रष्टाचारका कारण नै देशको अर्थतन्त्र अस्तव्यस्त भएको बताउनु भयो । उहाँले भ्रष्टाचारको आडमा नेपालको विकासलाई पछाडि धकेल्ने काम भइरहेको बताउनु भयो । उहाँले भ्रष्टाचारका प्रक्रियालाई पारदर्शी बनाइनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मुलुकमा भ्रष्टाचार व्याप्त छ, आम मानिसहरु यसबाट साह्रै पीडित छन्, भ्रष्टाचारको कारण मुलुकको अर्थतन्त्र अस्तव्यस्त छ । भ्रष्टाचार नियन्त्रण गर्नु अहिलेको लागि महत्वपूर्ण छ । भ्रष्टाचारको आडमा नेपालको विकासलाई पछाडि धकेल्ने काम भएको छ, विकासका कामहरु रोकिएका छन्, भ्रष्टाचारको आडमा कुरा नमिल्दा अड्किएका छन्, सबैलाई एकै घानमा हाल्नु हुँदैन, यो सबै प्रक्रियालाई पारदर्शी बनाउनुपर्छ, कुनै कम्परमाइज गर्नु हुँदैन ।’

ADVERTISEMENT

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले नक्कली भूटानी शरणार्थी प्रकरणलाई टुंगोमा नपुर्‍याए र अपराधी भनिएकाहरुलाई पक्राउ गरी कारबाही नगरे बिरोधमा उत्रिने बताउनु भयो । उहाँले सरकारले देखाएको पहलकदमी सह्रानिय रहेको उल्लेख गर्दै राजनीतिक दाउपेचमा नेता बचाउने प्रयास भए सह्य नहुने बताउनु भयो ।

सांसद पराजुलीले आफ्नो पार्टीले भ्रष्टाचारको बिरुद्धमा सधैँ आवाज उठाइरहने बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *