सुनको मूल्य बढ्यो

Read Time = 1 min

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर छ । यसअघि मंगलबार प्रतितोला ३०० रुपैयाँ बढेको सुनको मूल्य बुधबार पनि प्रतितोला ४०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार बुधबार छापावाल सुन प्रतितोला १ लाख ११ हजार ६०० रुपैयाँ कायम गरिएको छ । यसैगरी तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

ADVERTISEMENT

यस्तै, अघिल्लो कारोबार दिन मंगलबार छापावाल सुन प्रतितोला १ लाख ११ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १० हजार ६५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, बुधबार पनि चाँदीको मूल्य भने स्थिर छ । बुधबार चाँदी प्रतितोला १४ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार पनि चाँदी सोही मूल्यमा किनबेच भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज