पेरु । पेरुको सुन खानीमा आगलागी हुँदा कम्तीमा २७ जनाकाे मृत्यु भएको छ ।
पेरूको दक्षिणी क्षेत्रमा अबस्थित सुदूर कोन्डेसुयोस प्रान्तको सुनखानीमा आगलागी हुदाँ २७ कामदारको मृत्यु भएको हो । प्रहरी अधिकारीका अनुसार एरिक्विपा क्षेत्रमा अवस्थित ला एस्पेरान्जा खानी भित्रको सुरुङमा बिद्युतिय सर्ट हुदाँ आगलागी सुरु भएको थियो ।
सो दुर्घटना हेरेका सरकारी अधिकारी जियोभान्नी माटोसकाअनुसार खानी भित्र थुनिएका सबै २७ जनाको मृत्यु भएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार खानीमा एक्कासी विस्फोटकाे आवाज सुनिएको थियो । र, वरपर त्रासको बातावरण देखा परेको थियो ।
प्रहरीले भने खानीमा भएको आगलागीमा परी मृत्यु भएकाको विवरण सङ्कलन गरेपछि मात्रै आगलागीको खबर सार्वजनिक गरेको हो ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts