‘छ महिनाभित्र एनआरएनएलाई नागरिकता’

Read Time = 4 mins

काठमाडौं । गैरआवासीय नेपालीको नागरिकतासहितको विधेयक तत्काल टुंगो लगाउने विषयमा सबै राजनीतिक दलले प्रतिबद्धता जनाएका छन् । चेक रिपब्लिकको राजधानी प्रागमा सुरु गैरआवासीय नेपाली संघ (एनआरएनए) को १५औँ युरोपेली सम्मेलन उद्घाटन गर्दै संविधानसभाका पूर्वअध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले गैरआवासीय नेपालीलाई संविधानले प्रदत्त गरेको अधिकार कार्यान्वयनमा भइरहेको ढिलाइ राजनीतिक दलको कमजोरीले भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हामी आफैंले लेखेको संविधान कार्यान्वयन गर्न सकिरहेका छैनौँ, यो हाम्रो कमजोरी हो तर गैरआवासीय नेपालीको नागरिकतासहितको विधेयक तत्काल टुंगो लगाउने विषयमा हामी सबै राजनीतिक दल प्रतिबद्ध छौँ । हामी सबैको बोली एउटै छ र प्रतिबद्धता पनि एकै छ । सिंगो नेपाल र नेपालीसँग देशबाहिर रहेका नेपाली जोड्ने अभियानमा लागेका सबैलाई धन्यवाद दिन चाहन्छु, यो अभियान, यो आन्दोलन अझ सशक्त र एकजुट होस् भन्ने मेरो चाहना हो ।’

नेपाली कांग्रेसका सचेतक रमेश लेखकले गैरआवासीय नेपालीका मुद्दा सम्बोधनका कुनै दलीय विमति नरहेको बताउनुभययो । उहाँले भन्नुभयो, ‘तपार्इंहरूले एकपटकको नेपाली सधैँको नेपाली भन्नुभएको छ, यो कुराले सम्पूर्ण सार बोकेको छ, नागरिकताको सबाल पनि सम्बोधन हुन्छ, विभिन्न कारण नागरिकता विधेयक रोकिएको छ तर अब त्यो अवस्थाको अन्त्य हुन्छ, नेपाली कांग्रेस सरकारमा समावेश भएको हैसियतले यो हाम्रो पनि जिम्मेवारी हो, यो नागरिकता विधेयक आगामी छ महिनाभित्र टुंगिन्छ ।’

ADVERTISEMENT

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता मनिश झाले गैरआवासीय नेपाली हातेमालो गरेर अघि बढ्नुपर्ने बताउनुभयो भने जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काले गैरआवासीय नेपालीका माग छिट्टै नीतिगतरूपमा सम्बोधन हुने विश्वास व्यक्त गर्नुभयो । एनआरएनएका कार्यकारी अध्यक्ष डा. बद्री केसीले सरकार र राजनीतिक दलसँगको भेटमा आगामी छ महिनाभित्र गैरआवासीय नेपाली नागरिकताको विषय टुंगिने आश्वासन पाएको स्मरण गराउँदै नागरिकताको विषय टुंगिनेमा ८० लाख गैरआवासीय नेपाली ढुक्क रहेको बताउनुभयो । अध्यक्ष कुल आचार्यले एनआरएनएका मुद्दा सम्बोधनका लागि सरकारले गम्भीर भएर अघि बढ्नुपर्ने बताउनुभयो ।

शुक्रबारदेखि सुरु भएको सम्मेलनमा अमेरिका, क्यानाडा, मध्यपूर्व, जापान, मलेसिया र नेपाललगायत विश्वका ३५ भन्दा बढी मुलुकका तीन सय बढी प्रतिनिधिको सहभागिता रहेको छ । सम्मेलनको समापन समारोहमा परराष्ट्रमन्त्री एनपी साउद सहभागी हुने कार्यक्रम छ । सम्मेलनमा संघका नियमित एजेण्डालगायत नेपालमा १० अर्ब लगानी, नेपाली नागरिकताको निरन्तरता, गैरआवासीय नेपालीलाई मताधिकार, सामाजिक सुरक्षा कोषलगायतका विषयमा छलफल हुने र प्राग घोषणापत्र जारी गरिने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?