बेइबु खाडीमा चीन र भियतनामले छाडे १० करोड माछा

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

नानिङ । चीन र भियतनामका कृषि अधिकारीहरूले शनिबार दिउँसो बेइबु खाडीको पानीमा करिब १० करोड माछा छाडेका छन् । दुई देशले संयुक्त रूपम बेइबु खाडीमा माछापालनका स्रोतहरू पुनस्र्थापना गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रम दक्षिण चीनको गुआङ्सी झुआङ स्वायत्त क्षेत्रको सीमावर्ती शहर फाङ्चेनगङ्मा भएको थियो ।

यस वर्षको कार्यक्रमअन्तर्गत ब्ल्याक सी ब्रीम, येलोफिन सी ब्रीम र झींगा माछालगायत आठ प्रजातिका जलीय जीवहरूलाई बेइबु खाडीको पानीमा छाडिएको थियो । चीन–भियतनाम माछापालन सहयोगको लामो इतिहास रहेको र यस्तै अन्य क्षेत्रमा दुई देशबीचको सकारात्मक अन्तक्र्रिया र सहयोगले दुवै पक्षका जनतालाई ठोस लाभ दिएको पनि कृषि तथा ग्रामीण मामिलाका उपमन्त्री मा यु छ्याङले बताउनुभएको छ ।

ADVERTISEMENT

सन् २०१७ देखि चीन र भियतनामले बेइबु खाडीमा पाँचवटा समान कार्यक्रम सञ्चालन गरेका छन् जसमा चीनद्वारा २२६ मिलियनभन्दा बढी माछा र झिंगाहरू संरक्षण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
1 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज