असन्तुष्टिमै कहिले मौन रहेँ, कहिले भित्रै आफ्ना मत र अडान राखेँ, लडे, तर अब त अति भयो : गगन थापा

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी भित्र असन्तुष्टि मौलाउँदै गएको संकेत गर्नुभएको छ ।

सामाजिक सञ्जाल फेसबुक मार्फत आइतबार महामन्त्री थापाले चित्त नबुझेका पद्धति र निर्णयमा आफूले राखेका विषयले समेत प्रवेश नपाएको भन्दै दुखेसो पोख्नुभएको छ ।

उहाँले आफू एउटा जिम्मेवारीको सीमाले बाँधिएको बताउँदै अव त अति भएको उल्लेख गर्नुभएको छ । पार्टीका निर्णय मन नपरेको, आफूले राखेका कतिपय विषयले प्रवेश नै नपाएको बेला प्रतिरोध गर्न मन लाग्दा पनि रोकिएको थापाको भनाइ छ ।

ADVERTISEMENT

उहाँले भन्नुभएको छ–'कहिले प्रक्रिया चित्त बुझेन, कहिले पद्धति, कति निर्णयहरू मन परेनन्, कति आफूले राखेका विषयले प्रवेश नै पाएनन्, धेरै पटक लाग्यो प्रतिरोध गरूँ, तर हरेक पटक सोचेँ, म जिम्मेवारी लिएर बसेको छु, एउटा सीमा छ। त्यसैले कहिले मौन रहेँ त कहिले भित्रै आफ्ना मत र अडान राखेँ, लडे, साथीहरूलाई सम्झाएँ तर अब त अति भयो !'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज